
काठमाडौँ : विमल घर्ती मगरले साफ च्याम्पियनसिपमा नेपालको तर्फबाट सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेका छन्।
बंगलादेशमा भइरहेको साफ अन्तर्गत शनिबार घरेलु टोली बंगलादेश विरुद्धको खेलमा नेपालको लागि पहिलो गोल गरेका विमलले साफमा गोलसंख्या ४ पुर्याएका हुन्। यसअघि तीन खेलाडी पनि चा गोल गरिसकेका छन्।
विमल र नवयुग श्रेष्ठको गोल मद्दतमा नेपालले बंगलादेशलाई २-० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।
सन् २०१३ को साफमा घरेलु मैदानै पाकिस्तानविरुद्ध साफमा पहिलो गोल गरेका विमलले सन् २०१५ मा भारतमा भएको साफमा भारतविरुद्ध गोल गर्दै साफमा गोल सङ्ख्या दुई पुर्याए। यस संस्करणका दुई गोल गर्दै उनले अन्य तीन खेलाडीसँग कीर्तिमान बराबरी गरेका हुन्।
नेपालको लागि साफमा चार गोल गर्ने खेलाडीमा पूर्व कप्तानद्वय हरि खड्का र अनिल गुरुङ तथा जुमानु राई छन् ।
ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भएको खेलको ३३औँ मिनेटमा विमल घर्तिमगरले करीब ३३ यार्ड टाढाबाट पाएको ‘फ्री किक’ लाई परिणत गरेका थिए।