PahiloPost

May 16, 2026 | २ जेठ २०८३

आफ्नै आइडल सेरेनालाई हराउँदै ओसाकाले जितिन् युएस ओपन ग्राउण्ड्सलाम



पहिलोपोस्ट

आफ्नै आइडल सेरेनालाई हराउँदै ओसाकाले जितिन् युएस ओपन ग्राउण्ड्सलाम

नाओमी ओसाका ओपन एरामा ग्राण्ड्सलाम टेनिसको उपाधि जित्ने पहिलो जापानी महिला खेलाडी बनेकी छिन्।

वर्षको चौथो तथा अन्तिम ग्राउण्ड्सलाम युएस ओपनमा सेरेना विलियम्सलाई २-० को सेटमा पराजित गर्दै ओसाका इतिहास रचेकी हुन्।

आर्थर एस स्डेडियमा भएको फाइनलमा ओसाकाले आफ्नै आइडल सेरेनालाई ६-२, ६-४ ले सहजै हराइन्।

सेरेनाले सन् १९९९ मा पहिलो पटक युएस ओपन जित्दा ओसाका २ वर्षका मात्र थिइन्। तिनै २० वर्षीय ओसाकाले सेरेनालाई २४औँ ग्राण्ड्सलाम जितबाट बन्चित गरिन्। उनले सेमिफाइनल जितेपछि भनेकी थिइन्। 'म सेरेनासँग खेल्न चाहन्छु। किनकी उनी सेरेना हुन्।'

'मेरो विचारमा केही दिनपछि मैले महसुस गर्ने मैले के गरेँ भनेर' ओसाकाले भनिन्।

'युएस ओपन फाइनलमा सेरेनासँग खेल्नु मेरो लागि सँधैको समपना थियो, त्यसैलै त्यो अवसर पाउादा म एकदमै खुशी छु।' ओसाकाले भनिन्।

यस्तै खेलका क्रममा अम्पायरले खराब निर्णय गरेको भन्दै 'चोर' भनेकी सेरेनाले आफ्नो रनर अफ स्पिचमा भने आफ्ना फ्यानलाई शान्त रहन र ओसाकाको उपलब्धीमा क्रेडिट दिन आग्रह गरेकी थिइन्।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell