PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

स्वेच्छिक आत्महत्याबारे बहस,  के आत्महत्या तर्कसंगत छनोट हो?



पहिलोपोस्ट

स्वेच्छिक आत्महत्याबारे बहस,  के आत्महत्या तर्कसंगत छनोट हो?

सन् १९८९ मार्च महिनाको बिहान, रोबर्ट सुट्स आफ्नो ग्यारेजमा मृत अवस्थामा फेला परे। ८० वर्षे सुट्स आफ्नो प्रिय क्रिसलरको अघिल्लो सिटमा 'वाइल्ड टर्की' को बोटलका साथमा भेटिए। 

सुट्सकी छोरीले बुबाले एक दिनअघि फोनमा कुरा गर्दा 'गुडबाइ' भन्न इच्छा रहेको बताइन्। तर, आत्महत्या गर्नबाट उनले आफ्नो बुबालार्इ रोक्न नसक्ने बताइँन्। वर्षौँ पहिले सुट्सले आफ्नी छोरीलार्इ इच्छामृत्युबारे बताएका थिए।

आफ्ना बुबाको मृत्युबारे बोल्दै उनी भन्छिन् 'यो कुनै ठूलो 'सरप्राइज' होइन। मलार्इ थाहा थियो उनले के गर्न खोज्दै थिए। कसरी गर्न खोज्दै थिए।'

न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले आफ्नो नाम सार्वजनिक नगर्न भनिन्।

सुट्स, घरमा रंग लगाउने व्यक्ति थिए। दोस्रो विवाह गर्दै जीवनमा रमाइरहेका थिए। स्वस्थ रुपमा जीवन बिताउँदै थिए। उनी माछा मार्न र गल्फ खेल्न जान्थे। उनमा आत्महत्या गर्ने मान्छेमा देखिने कुनै प्रकारको निराशा वा मानसिक रोग भएको जस्तो देखिँदैन थियो।

यद्यपि, उनले पहिले नै आफूले आत्महत्या गर्नुको कारणबारे प्रस्ट पारिसकेका थिए। उनकी छोरीले भनिन्, 'उनले चिनेका सबै व्यक्तिहरू अस्पतालमा थिए। हप्तौँसम्म 'ट्युब' लगाइ अस्पतालको शय्यामा पल्टिरहेका थिए। उनी यी सबै कुराबाट भयभीत थिए।'

उनी त्यो प्रकारको मृत्युबाट बच्न खोज्दै थिए।

 

वृद्धवृद्धाहरुले आत्महत्या गर्नु 'तर्कसंगत छनोट' हो?

यो विषयका बारेमा धेरै वृद्धवृद्धाहरु एकापसमा शान्त रुपले कुरा गरिरहेका हुन्छन्। फिजिसियनहरुले यस्ता धेरै प्रश्नको सामना गरिरहेका हुन्छन्। धेरैले त्यस प्रश्नको तर्कपूर्ण उत्तर दिन वा त्यसको प्रतिक्रिया दिन सक्दैनन्।

न्यूयोर्क युनिभर्सिटी स्कुल अफ मेडिसिनका जेरिएट्रिक साइक्याट्रिस्ट डा मीरा बालासुव्रमन्यम यो प्रश्नको उत्तर दिनु अत्यन्तै गाह्रो रहेको बताउँछिन्।

बालासुव्रमन्यम भन्छिन् 'म कहाँ धेरै वृद्धवृद्धा आउने गर्छन्। जो राम्रो जीवनयापन गर्दैछन्। तर, जीवनको कुनै क्षणमा आफ्नो जीवनको समाप्त गर्न चाहेको बताउँछन्। धेरै बिरामीहरुको मस्तिष्कमा यस्तै कुरा हुन्छ।'

आत्महत्या तर्कसंगत हुने विषयमा उनले आफूले कुनै धारणा नबनाएको बताइँन्। तर, आफ्ना विचारहरू विकसित हुँदै गरेको उनको भनाइ थियो। मेडिकल छलफलमा सहयोग हुने विश्वासका साथ उनले सन् २०१७ मा 'र्‍यासनल सुसाइड इन दी एल्डरी' विषयमा अनुसन्धान गरेकी थिइन्। उनले आफ्नो उक्त अनुसन्धानको परिमार्जित संस्करण 'अमेरिकन जेरिएट्रिक्स सोसाइटी'मा प्रकाशित गरेकी थिइन्।

न्यूयोर्कको ग्यारिसनमा रहेको होस्टिङ सेन्टरले भर्खरै प्रकाशित गरेको रिपोर्टमा स्वेच्छिक मृत्युबारे बहस गरिएको थियो। यससँग सम्बन्धित सबै विचारहरूमा 'र्‍यासनल सुसाइड' भन्ने शब्द नै निकै विवादास्पद रहेको थियो। हाल अमेरिकाका ७ राज्य र कोलम्बियामा मानसिक रूपमा स्वस्थ भएका व्यक्तिहरू टर्मिनल रोगका कारण ६ महिनामा मृत्यु हुने गरेको पाइएको छ।

अमेरिकी रोग नियन्त्रण एवं रोकथाम विभागका अनुसार वृद्धवृद्धाहरुका लागि आत्महत्या सार्वजनिक रूपमा चिन्ताको विषय बनेको छ। सन् २०१६ मा मात्र ८ हजार २०० भन्दा बढीले आत्महत्या गरेका विभागले जनाएको छ।

 

लामो समयदेखि आत्महत्याका बारेमा अनुसन्धान गरेका जेरिएट्रिक्स मनोचिकित्सक कोनवेल भन्छन् 'सामान्य रूपमा वृद्धवृद्धाहरु र विशेष गरी पुरुषहरूमा आत्महत्या गर्ने सङ्ख्या उच्च रहेको छ।'

यो सत्य हो। तथापि अनुसन्धानहरूले क्रमिक रूपमा वृद्धहरू मानसिक रूपमा स्वस्थ भई युवाभन्दा खुसी रहने गरेको पाएको छ।

विभिन्न कारणले जीवनको उतरार्धमा आत्महत्या गर्ने क्रम बढाउँछ। यसमा शारीरिक रोगहरू, अस्थिरता, व्यक्तिगत गुण/ अवगुण, जीवनशैली, समाजसँग सम्पर्कविच्छेद जस्ता कारणले भूमिका खेल्छ।

तर, वृद्ध अवस्थामा आत्महत्या गर्ने धेरै जनामा उपचार गर्न सकिने मानसिक रोग र प्रारम्भिक डिप्रेसन रहेको हुन्छ। आत्महत्याका पछि सावधानी भन्दा आकस्मिक बढी रहेको हुन्छ। यसले 'र्‍यासनल एक्ट' विषयलार्इ मान्दैन।

कोनवेल भन्छन् 'आत्महत्याको क्रम एकै किसिमको हुँदैन। यो कहिले तल कहिले माथि भइरहन्छ। मान्छेमा बाँच्न र मर्ने आशा हुन्छ। यो द्वन्द चहिरहन्छ।'

'जब स्वास्थ्यकर्मीहरू जेष्ठ नागरिकहरूको डिप्रेसनको जाँच गर्दै उनीहरूको स्वास्थ्य, जीवनशैली र सम्बन्ध सुधार्न कोसिस गर्छन्, त्यसले केही परिवर्तन ल्याउन सक्छ।'

आत्महत्या कम गराउन असफल रहेकोमा केही व्यक्तिहरू 'रिफ्लेक्ट एन एजियस्ट एजम्पसन'का बारे तर्क गर्छन्। यसमा एक वृद्ध आफैं ज्यान दिन अग्रसर नहुने र उनीहरू सहित अशक्त व्यक्तिहरूको जीवनमा मूल्यमान्यता नरहेको कुराको खण्डन गर्छ।

प्राय: मानिसहरू आफ्ना विचारहरू परिवर्तन गरिरहन्छन्। उनीहरू केही अवस्थाप्रति सहनशील हुँदै छिट्टै विश्वास गर्दैनन्। तर उनीहरु सबै खराब परिस्थितिमा भने जीवन छनोट गर्छन्। स्वेछिक मृत्युको बहसबारे डा बालासुव्रमन्यम भन्छिन् 'हामी आत्महत्या अनिवार्य र उचित हो भनेर देखाउन खोज्छौँ भने 'मृत्युको अधिकार' बाट, 'मर्नु कर्तव्य हो' भन्नेतर्फ 'सिफ्ट' होला भन्ने विषयमा चिन्तित छौँ।'

तर, चिकित्सकहरू भने जेष्ठ बिरामीहरूले मृत्यु सम्बन्धी आफ्नो समय, व्यवहार र चिन्तन नियन्त्रण गर्नु पर्नेमा जोड दिन्छन्। उनीहरू मध्ये सबै निराश हुँदैनन् वा केही कुरा छनोट गर्नमा कमजोर हुँदैनन्।

तपार्इँले जीवनमा इच्छा लागेको कुरा गरी सक्नुभयो। तपार्इँ जीवनमा सन्तुष्टि कम हुँदै गएको र तनाब बढ्दै गएको महसुस गर्नुहुन्छ। आफ्नो शरीर कमजोर हुँदै गएपछि हामी सबैलार्इ त्यसको अनुभूति हुन्छ।

डेभिस भन्छन्  'कुनै अवस्थामा स्वेच्छिक मृत्यु ठीक लाग्छ। तपार्इँ आफ्नो जीवन तल खस्किरहेको महसुस गर्नुहुन्छ। हामी अहिले जुन संसारमा बसिरहेका छौँ, यहाँ जीवनको अन्त्यबारे सोचेनौँ भने त्यसले आफ्नो इच्छाहरूमा क्षति गर्नेछ।'

अल्जाइमर रोगले च्याप्दै जाँदा डा. डेभिसले आफ्नी आमाको स्याहार गर्न सुरु गरेका थिए। आमाले डेभिसलाई त्यस्तै प्रकारको मृत्युबाट आफू टाढा हुन खोजेको बताएकी थिइन्। सो कुरा उनले आफ्ना साथी र चिकित्सकलार्इ समेत भनेकी थिइन्। डेभिस भन्छन्, 'हामीले आत्महत्याका सम्बन्धमा रहेको नकारात्मक कुराहरुलार्इ चुनौती दिन सुरु गर्नेबारे कुरा गर्नुपर्छ।'

तथापि, धार्मिक समूह, अशक्त, अधिकारकर्मी र 'राइट टु डाइ'का अभियान्ताहरुका कारण यस विषयमा छलफल कडा हुने गरेको छ। एक वृद्धले मृत्युको कुरा गर्न थालेमा 'त्यस्तो नभन' भन्दै छलफल अन्त्य गर्नेको कमी छैन। बालासुव्रमन्यम भन्छिन् 'त्यसको बारे छलफल गर्दैमा त्यसको पक्षमा वकालत गरेको भन्न मिल्दैन।'

हेरचाहले आत्महत्या रोकिन सक्छ भन्ने कुरा उनले बुझेकी छिन्। तर आत्महत्याका बारेमा कुरा गर्दै गरेका बिरामीहरूका बारेमा उनी आफैं वा परिवारका सदस्य र साथीहरूले पनि त्यसका लागि महत्त्वपूर्ण भूमिका निभाउन सक्ने भन्छिन्। उपचार हुन सक्ने रोगहरूबारे जानकारी गराएर भए पनि आत्महत्याको निर्णयबाट मानिसहरूको उपचार गर्न सकिन्छ।

कोनवेल भन्छन्, 'आफूलार्इ बुझ्ने मानिसहरूका बीचमा बस्नु, उनीहरूसँग कुरा गर्नु। जसले हामीले भनेको सुन्छ, तिनीहरू सबै जीवनका आधार हुन्।'

तर, यो सबैका लागि लागू हुँदैन।

सुट्सकी छोरीले आफ्नी आमा अल्जाइमरका कारण मृत्यु भएको पनि देखेकी थिइन्। उनका पिताले उनलार्इ आफ्नो मृत्युभन्दा भाग्य नराम्रो रहेको सुनाएका थिए। उनले आफ्ना चार सन्तानलार्इ आफू अस्वस्थ भई सहन नसक्ने अवस्थामा पुग्नुभन्दा अघि नै मर्न खोजेको बताइसकेकी छिन्। उनका सन्तानहरूले उनको कुरा स्वीकार गरिसकेको उनले बताइन्।

उनले डाक्टरले भनेको रोगको उपचारका लागि 'मामोग्राम' र 'कोलोस्कोपिक टेस्ट' नगर्ने बताइन्। उनले आफ्नो ७० वर्षको जन्मदिन मनाउँदा छातीमा 'डु नट रेस्टिकेट'  लेख्दै ट्याटु खोप्ने बताइन्।

अहिले उनले आफ्नो जीवन रमाइलोसँग बिताइरहेकी छिन्। तर, आफ्नो शरीरमा आउने परिवर्तनबारे सचेत छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell