काठमाडौं : फिल्म ‘बाँध मायाले’को प्रचार सुरु भएको छ। निर्माण टिमले हालै फिल्मको नयाँ प्रचार अस्त्र सार्वजनिक गर्यो।
टिमले फिल्मको नयाँ गीतको भिडियो सार्वजनिक गरेको हो। अर्जुन पोखरेलको शब्द, लोकराज अधिकारीको शब्दमा फिल्मको ‘आउने जाने’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा दुर्गा खरेल, ध्रुव विस्को र सुरेश लामाको स्वर छ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, राजाराम पौडेल लगायत फिचर्ड छन्। टिमले यस गीतको कभर डान्स प्रतियोगिताको पनि घोषणा गरेको छ।
विजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। आगामी असोज ५ गतेसम्म प्रतियोगिता हुनेछ। असोज ८ गते विजेता घोषणा गर्ने निर्देशक तथा निर्माता सवीर श्रेष्ठले बताए।