PahiloPost

May 16, 2026 | २ जेठ २०८३

बसका यात्रुसँग लागुऔषध: किन्ने र बेच्ने दुवै प्रहरी फन्दामा



पहिलोपोस्ट

बसका यात्रुसँग लागुऔषध: किन्ने र बेच्ने दुवै प्रहरी फन्दामा

काठमाडौः  लागु औषधको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रवार दिउँसो वीरगन्जबाट काठमाडौँ आइहरेको बस नागढुंगामा चेक गर्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

ना ७ ख ५०१० नम्बरको  बस यात्रा गरी आएका बारा जिल्ला सिमरा नगरपालिका २ घर भएका ५० वर्षीय रिठा विष्टको झोलामा प्रहरीले लागु औषधि बरामद गरेको हो। विष्टको बयानको आधारमा प्रहरीले ३१ वर्षीय सन्तोष कुमार सिंह गुल्मी चन्दुकोट गाउँपालिका ८ घर भएका  ४० वर्षीय विशाल कार्कीले मगाएको खुल्न आएकाले उनीहरूलाई पनि पक्राउ गरेको थियो।

विष्टको झोलाबाट लागु औषध प्रहरीले २ सय थान एम्पल नुफिन, फेनारगन र डाईजेल्याब फेला पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell