काठमाडौं : बिबाहपछि पनि फिल्मलाई निरन्तरता दिइरहेकी अभिनेत्री हुन् सञ्चिता लुइटेल। एक्सन अभिनेता निखिल उप्रेतीसँग बिहे गरेकी उनले फिल्म गर्न छाडिनन्।
हुन त कत्ति नेपाली अभिनेत्री बिहेपछी विदेश पलायन भएका छन्। तर दुई सन्तानकी आमा बनेकी सञ्चिता परिवारसँगै फिल्ममा पनि समय दिइरहेकी छिन्। तर उनी अभिनित पछिल्ला केहि फिल्महरुले खासै व्यवसायिक सफल्ता हासिल गरेनन्।
अहिले उनले फिल्म ‘गुनगुन’ गरेकी छिन्। फिल्मको टिजर पनि हालै सार्वजनिक भयो। पुकार भट्टराईको निर्देशनमा बनेको फिल्म आगामी कार्तिक ३० देखी प्रदर्शनमा आउनेछ।फिल्ममा सञ्चितासँगै रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ लगायतको अभिनय छ।
फिल्ममा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ। यो फिल्म सञ्चिताको व्यसायिक कम ब्याक फिल्म बन्ला त्यो त फिल्म रिलिजपछी नै थाह हुनेछ।