PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

गजुरेल भन्छन् 'कथावस्तु मनपरेकैले फिल्म गरेको हुँ'



पहिलोपोस्ट

गजुरेल भन्छन् 'कथावस्तु मनपरेकैले फिल्म गरेको हुँ'

काठमाडौं : फिल्म ‘सयकडा दश’को रिलिज टार्गेट तय भएको छ। निर्माण टिमले माघ १८ देखी फिल्म प्रदर्शन गर्ने घोषणा गरेका छन्।

भ्रष्टाचार भर्सेस प्रेमको कथा ‘सयकडा दश’मा हास्य कलाकार मनोज गजुरेलको अभिनय रहेको छ। डेब्यु फिल्मबारे गजुरेलले भने ‘फिल्मले सामाजिक र सांस्कृतिक सन्देश दिन्छ र यसको कथावस्तु मनपरेकैले फिल्म गरेको हुँ।’

रामशरण पाठक निर्देशित फिल्ममा गजुरेलसँगै अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई लगायतको अभिनय छ। दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन्।

 

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell