PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

बाघको छालासहित एक किशोर प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

बाघको छालासहित एक किशोर प्रहरी नियन्त्रणमा

काठमाडौः  प्रहरीले दुर्लभ वन्यजन्तुको छालासहित एक जनालाई पक्राउ गरेको छ।

दैलेख प्रहरीले शनिवार बाघको छालासहित एक किशोरलाई नियन्त्रणमा लिएको हो। आसबिसकोट नगरपालिका ३ साई खोलाबाट अछाम तुर्माखाद गाउँपालिका ८ धमालेका १८ वर्षीय नवीन धमलालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्लभ वन्यजन्तुको कारोबारमा संलग्नलाई पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell