PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

अस्कर अवार्डका लागि नेपाली फिल्म आह्वान



पहिलोपोस्ट

अस्कर अवार्डका लागि नेपाली फिल्म आह्वान

काठमाडौं : ९१ औं एकेडेमी अवार्ड (अस्कर)मा प्रतिस्पर्धाका लागि नेपालस्थित अस्कर छनोट समितिले नेपाली फिल्म आह्वान गरेको छ। नेपालको विदेशी भाषी चलचित्र छनोट समितिले प्रेस विज्ञप्ती जारी गर्दै अस्करमा फिल्म पठाउन चाहाने निर्माता निर्देशकलाई फिल्म पठाउन अनुरोध गरेको हो।

अवार्ड प्रतियोगितामा सहभागी हुन २०७५ भदौ २९ गतेसम्म मात्र समितिको सचिवालयमा दर्ता  हुनुपर्नेछ। सहभागी फिल्म भने २०७४ असोज १५ गतेभन्दा पछि, २०७५ असोजको १४ गते पहिला नै प्रदर्शनमा आएको हुनुपर्नेछ।

द एकेडेमी अफ् मोशन् पिक्चर आर्टस् एन्ड् साइन्सेद्वारा सन् २०१९ फेब्रुअरी २४ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा ९१औं एकेडेमी अवार्डस् (द अस्कर अवार्ड) वितरण गरिनेछ।

विमल पौडेल अध्यक्ष रहेको नेपालको अस्कर छनोट समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीप कुमार उपाध्याय, राजेन्द्र शलभ, राजुबिक्रम थापा, लोकेन्द्र पराजुली, सामीप्यराज तिमल्सेना सदस्य रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell