
काठमाडौं : पशुपति नजिकै वाग्मती खोलामा एक शिशुको शव फेला परेको छ।
आज दिउँसो करिव साढे ३ बजेतिर खोलाले बगाएर ल्याइरहेको अवस्थामा शव फेला पारेको हो। निलो रंगको झोला बगेर आएको देखेपछि निकालेर हेर्दा शिशुको शव फेला परेको प्रत्यक्षदर्शीले मिलन कार्कीले बताए। कार्कीले भने,'झोला खोलाबाट झिकेर हेर्दा शिशुको शव भेटिएको हो।'
शिशुको हातमा हस्पिटलको ट्यागसमेत लगाइएको छ। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरिसकेको छ। गत बिहिवार थापाथलीस्थित वाग्मती र धोबी खोलाको दोभानमा एक करिब पाँच महिने बालकको शव फेला परेको थियो। खोलाको किनारमा रातो रङको झोलामा पोको पारेर फालिएको अवस्थामा भेटिएको थियो।