PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एसियाडमा १५औँ स्थान हात पारेको पुरुष भलिबल टोलीलाई एनभीएको सम्मान

एसियाडमा १५औँ स्थान हात पारेको पुरुष भलिबल टोलीलाई एनभीएको सम्मान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : इन्डोनेसियामा सम्पन्न १८औँ एसियाडमा १५औँ भएको नेपाली पुरुष भलिबल टिमलाई नेपाल भलिबल संघ (एनभीए)ले आइतवार नगदसहित सम्मान गरेको छ।

सहभागी २० टोलीमध्ये १५ औँ स्थान हात पार्न सफल नेपाली टोलीका प्रत्येक खेलाडीलाई एनभीएले १० हजार प्रदान गरेको हो।

नेपालले एसियाडमा कूल ४ खेल खेल्दा तीन खेल हारेको थियो भने एक खेलमा जित हात पारेको थियो। मंगोलिया विरुद्धको जित नेपालले एसियाडमा प्राप्त गरेको पहिलो जित थियो।

अन्त्यमा १५ औँ स्थानको लागि हुने खेलमा कीर्गिस्तानले नखेलपछि नेपाल सिधै विजयी हुँदै १५औँ भएको हो।

नेपालले समूह चरणमा खेलेको दक्षिण कोरिया र चाइनिज ताइपेई क्रमश: दोस्रो र तेस्रो भएको थियो।

नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले यो कुनै पुरस्कार नभई खेलाडीको लागि प्रोत्साहन स्वरुप सानो रकम प्रदान गरेको बताए।

यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले यस पटक बजेट अभावका कारण नेपाल महिला टोलीलाई लैजान नसकेको र पुरुष टोलीलाई मात्र सहभागी गराउनु परेको बताए।

यस्तै एनभीएले एसियाडमा पहिलो पटक जित हात पार्दै १५औँ हुन सफल भएकोमा केक काटेर सेलेब्रेसन गरेको छ। नेदरल्याण्ड्स भलिबल संघको तर्फबाट एनभीएलाई प्राप्त भएको केट राखेप सदस्य सचिव केशव कुमार विष्ट, एनभीए अध्यक्ष मनोरन्जन रमण शर्मा लगायतले काटेका थिए।

खेलाडीलाई सम्मान गर्नै भन्दै एनभीएले २ बजे कार्यक्रम स्थलमा बोलाएपनि सदस्य सचिवले ढिलाई गर्दा कार्यक्रमा निर्धारित समय भन्दा एक घण्टा ढिलो सुरु भएको थियो।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell