
काठमाडौं : काठमाडौंबाहिर ‘स्टयान्ड - अप कमेडी शो’ हुने भएको छ। आगामी भदौ ३० गते शनिवार चितवनको भाटभटेनी कमप्लेक्स, भरतपूर हाईटमा लाइभ शो हुने आयोजक नेपाल डायरीजले जनाएको छ।
सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँग आबद्ध भएर नेप-ग्याजमले मोफसलका विभिन्न ठाउँहरुमा कमेडी सो गर्ने भएको हो। 'स्टयान्ड – अप कमेडी शो'को चौथो संस्करणमा छ जना हास्य कलाकारहरु छन्।
बिक्रम घिमिरे, लेखमणी त्रिताल, डोरेश खतिवडा, योजना थापा मगर, सरोज भण्डारी साथै पाहुना कलाकार रोशन सुवेदीले मोफसलमा प्रस्तुती दिनेछन्।