PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

इन्द्रजात्राको साइत मंगलबारदेखि, राति ९ बजेर २१ मिनेटमा लिङ्गोको रुख काट्ने साइत



पहिलोपोस्ट

इन्द्रजात्राको साइत मंगलबारदेखि, राति ९ बजेर २१ मिनेटमा लिङ्गोको रुख काट्ने साइत
फाइल फोटो

काठमाडौँः नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइतका कार्यक्रम भदौ २६ गते मंगलबारदेखि सुरु हुने बताएको छ।

मंगलबार बिहान ११ बजेर ४९ मिनेटमा इन्द्रध्वजोत्थानको लिङ्गो लिन जानका लागि वनयात्राको साइत निस्किएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए।

मङ्गलबार राति ९ बजेर २१ मिनेटमा लिङ्गोको रुख काट्ने साइत छ। काटिएको लिङ्गोलाई नगर अर्थात् भोटाहिटी प्रवेश गराउने साइत असोज १ गते सोमबार बिहान १० बजेर १७ मिनेटमा छ। नगर प्रवेश गराइएको लिङ्गोलाई असोज ५ गते शुक्रबार बिहान ८ बजेर ५ मिनेटमा इन्द्रध्वजोत्थानका रुपमा ठड्याउने साइत दिइएको छ।

इन्द्रजात्राको मुख्य दिन असोज ८ गते सोमबार तल्लो टोलमा कुमारी यात्रा गराइनेछ। ९ गते मङ्गलबार माथिल्लो टोलमा कुमारी यात्रा गराइन्छ। असोज १२ गते शुक्रबार नानीचा यात्रा गराई त्यसै दिन राति १० बजेर २७ मिनेटमा इन्द्रध्वज पातनअर्थात् लिङ्गो ढाल्ने साइत दिइएको समितिले जनाएको छ। यसरी असोज १२ गते शुक्रबार तीन हप्ता लामो इन्द्रजात्रा समाप्त हुनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell