
युइएफए नेशन्स लिग अन्तर्गत लिग ए को खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई २-१ ले पराजित गरेको छ।
केएलिन एम्बापेले १४औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको नेदरल्याण्ड्सका लागि ६७औँ मिनेटमा राएन बाबेलले बराबरी गोल फर्काए। तर ७५औँ मिनेटमा ओलिभर जिरुडले गरेको गोल विश्व विजेता फ्रान्सलाई जित दिलाउन निर्णायक बन्यो।
जितपछि लिग ए को समूह फ्रान्सले दुई खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा फ्रान्सले जर्मनीसँग गोलरहित बराबरी खेलेको थियो।
यस्तै लिग बी को समूह डी मा डेनमार्कले वेल्सलाई २-० ले हरायो। डेनमार्कको जितमा दुवै गोल क्रिस्टियन एरिक्सनले गरे।
यस्तै लिग बी को समूह ए मा युक्रेनले स्लोभाकियालाई १-० ले पराजित गरेको छ।