PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

जोकोभिचले जिते युएस ओपनको उपाधि



पहिलोपोस्ट

जोकोभिचले जिते युएस ओपनको उपाधि
फोटो : @USOPEN

सर्वियन खेलाडी नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्सलाम टेनिस युएस ओपनको उपाधि जितेका छन्। आइतवार भएको फाइनल खेलमा हुँवान मार्टिन डेल पोर्टोलाई ३-० को सेटमा पराजित गर्दै जोकोभिचले करियरको १४औँ ग्राण्ड्सलाम उपाधि जितेका हुन्।

आर्थर एस स्टेडियममा भएको खेलमा जोकोभिचले अर्जेन्टाइन डेल पोर्टोलाई ६-३, ७-६, ६-३ ले हराए।

गत जुलाईमा विम्बलडनको उपाधि समेत जितेका जोकोभिचले युएस ओपन जितेपछि अमेरिकी खेलाडी पिट साम्प्राससाग १४ ट्रफी जित्ने उपलब्धी बराबरी गरेका छन्। जोकोभिच भन्दा रोजर फेडेरर (२०) र राफेल नाडाल (१७) ले मात्र बढी ट्रफी जितेका छन्।

जोकोभिचले अष्ट्रेलियन ओपन ६ पटक, फ्रेन्च ओपन १ पटक, विम्बलडन ओपन ४ पटक तथा युएस ओपन ३ पटक जितेका छन्।

डेल पोर्टोले सन् २००९ मा युएस ओपन जितेयता पहिलो पटक ग्राण्ड्सलामको फाइनल खेलेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell