
काठमाडौं : काठमाडौं महानगरपालिकाले ६ वटा ए डिभिजन क्लबलाई १०-१० लाख आर्थिक सहयोग गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
महानगरले आगामी असोज १३ गतेदेखि हुने ए डिभिजन खेल्ने काठमाडौँका ६ क्लबलाई नगद ५-६ लाख र ५ लाखको खेल सामाग्री सहयोग गर्ने भएको हो।
महानगले काठमाडौँ भित्र रहेका मछिन्द्र क्लब, संकटा क्लब, एनआरटी क्लब, हिमालयन शेर्पा क्लब, सरस्वती युथ क्लब र मनाङ मर्स्याङ्दीलाई नगद सहयोग गर्न लागेको हो।
एन्फाका अनुसार महानगरले सोमवार राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरेर सहयोग रकम हस्तान्तरण गर्नेछ।
नेपाली फुटबलमा सहकार्य गर्ने उद्धेश्य अनुसार एन्फा र महानगरले सहकार्य गर्दै अघि बढ्ने जनाइसकेको छ। त्यसैको फलस्वरुप एन्फाको आग्रहमा महानगरले टुँडिखेलमा क्लबहरुको प्रशिक्षणका लागि ४ खेल मैदान बनाउने स्वीकृती यसअघिनै दिइसकेको छ।