PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

तरुण दल अध्यक्ष गोली प्रकरणः ठेक्कापट्टा र फेसबुक विवादले गयो ज्यान!



सविन ढकाल

तरुण दल अध्यक्ष गोली प्रकरणः ठेक्कापट्टा र फेसबुक विवादले गयो ज्यान!

काठमाडौः रोल्पामा आइतबार दिउँसो करिब पौने ५ बजे इलाका प्रहरी कार्यालय सुलिचौर नजिकै गोली प्रहार गरी तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको हत्या भयो। छातीमा दुई र पेटमा एक गोली लागेका २९ वर्षीय पुनको घटनास्थलमै मृत्यु भएको थियो।

गोली कुनै अज्ञात समुहले नभएर एउटै टेवलमा वसेका व्यक्तिले नै चलाएका थिए। गोली देवबहादुर घर्तीले चलाएका थिए। पुन र घर्तीको पुरानै दुस्मनी रहेको थियो। उनीहरूको पहिलेकै दुष्मनीलाई लिएर गोली चलाएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए। प्रहरी नियन्त्रणमा रहेका घर्तीले आफूले गोली चलाएको स्विकार समेत गरिसका छन्। घर्तीको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल समेत बरामद गरेको डिएसपी खड्काले बताए।

ठेक्कापट्टा र फेसबुक मृत्युको कारण!

प्रहरीको प्रारम्भिक अनुसन्धानमा पुनको गोली प्रकरण दुई बिचको विवादकै कारण भएको खुल्न आएको छ। दुवै जना रोल्पामा ठेक्कापट्टाको काम गर्दै आएका थिए। उनीहरू बिच यिनै विषयलाई लिएर बेला बेला झगडा समेत हुने गरेको थियो।

दुई जना बिच केही समय अगाडिदेखि नै एक विद्युत् प्रयोजनको टेन्डरको विषयमा विवाद भएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ। त्यस्तै दुई जना बिच गुट भित्रकै मानिसले कुरा लगाइदिने गरेकाले उनीहरू बिचको दुस्मनि झनै उग्र बन्दै गएको प्रहरी अनुसन्धानमा देखिएको डिएसपी खड्काले बताए। उनीहरूको दुष्मनी फेसबुकमा समेत देखिन थालेको थियो। एकले अर्कोलाई गाली गलौज गरेर फेसबुकमा स्टाटस समेत लेख्ने गरेका थिए। डिएसपी खड्का भन्छन्,' टेन्डर र फेसबुकले नै उनीहरू बिच दुष्मनी बढायो। त्यसैको आवेगमा गोली चल्यो।'

रेष्टुरेण्टमा सहमति गर्न जाँदा गोली चल्यो

सुनिल स्मृति गाउँपालिका ४ सुलिचौरमा रहेको रेष्ट पोइन्ट रेस्टुरेन्ट एन्ड बारमा गोली चलेको थियो। दुईबिच विवाद बढ्दै गएपछि उनीहरू आइतबार सहमति गर्ने पक्षमा पुगेका थिए। झगडाले दुवैलाई हानी हुने भन्दै भेटेर कुरा मिलाउने तय भएको प्रहरी नियन्त्रणमा रहेका घर्तीले प्रहरीलाई बयान दिएका छन्।

आइतवार दुवैले तय गरेको निर्धारित समयमा दुवै जना र उनीहरूका साथीहरु छलफलको लागि रेष्टुरेण्टमा पुगेका थिए। केही समय दुवै बिच छलफल भयो। तर छलफल मिलन बिन्दुमा भन्दा पनि विवाद  तिर नै लम्कियो। एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउन थाले। आरोप मात्र होइन हात हालहाल नै भयो। अन्तमा आफ्नो रिसलाई कन्ट्रोल गर्न नसक्दा साथमा भएको पेस्तोल निकालेर घर्तिले गोली हाने। डिएसपी खड्काले भने,' विवाद बढ्नै भएपछि रोहितले धकेलेपछि गोली चलाएको बयान घर्तिले दिएका छन्।'

हत्याको विरोधमा रोल्पा बन्द

हत्याको विरोधमा गरेको कारण आज बिहान देखि रोल्पा सदरमुकाम बन्द छ।  बन्दबाट सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग प्रभावित भएका छन् । बिहान पठनपाठनका लागि विद्यालय तथा कलेज पुगेका विद्यार्थी फर्किएका छन् । लामो तथा छोटो दुरीका सवारी साधन नचल्दा यात्रु बिचल्लीमा परेका छन् । पूर्वमाओवादी कार्यकर्ताले सभापति पुनको हत्या गरेको तरुण दलले आरोप लगाएको छ ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell