PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

२५ दिनमा सकियो ‘बुलबुल’को छायाँकन



पहिलोपोस्ट

 २५ दिनमा सकियो ‘बुलबुल’को छायाँकन

काठमाडौं : स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’को छायाँकन सकिएको छ। साउनको अन्तिम साताबाट फ्लोरमा गएको फिल्मको छायाँकन २५ दिनमा सकिएको हो।

फिल्मलाई बिनोद पौडेलले निर्देशन गरेका हुन। निर्देशक पौडेलले फिल्मको एक गीतको छायाँकन गर्न बाँकी रहेको बताए। उनले भने ‘आउटडोरमा सेट नै लगाएर खिच्न पर्ने गीत छ। मौसम अझै सफा भइसकेको छैन। त्यही कारणले त्यो गीत दसैंतिहारको बीचमा खिच्ने गरी अहिलेलाई प्याकअप गरेका हौं।’

फिल्मले टेम्पो चालक महिलाको कथालाई समेटेको छ। टेम्पो चालकको भूमिका स्वस्तिमाले निर्वाह गरेकी छिन्। छायाँकन सकिए लगतै निर्माण टिमले फिल्मको प्रदर्शन टार्गेट पनि तय गरेको छ। निर्माता अबिरल थापाले फिल्म प्रणय दिवस (भ्यालेन्टाइन्स डे) अर्थात फागुन ३ गते प्रदर्शनमा आउने बताए।

फिल्ममा स्वस्तिमासँगै बुद्धि तामाङ, लक्ष्मी  बर्देवा, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे,  आशिका पाण्डे लगायतको अभिनय छ। फिल्ममा कोशिश क्षेत्री र उद्गम परियारको संगीत रहेको छ।
 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell