PahiloPost

May 16, 2026 | २ जेठ २०८३

पहिलो पटक ड्राइभर र सहचालक जागिरमा सार्वजनिक विज्ञापनः यस्तो चाहिन्छ योग्यता



पहिलोपोस्ट

पहिलो पटक ड्राइभर र सहचालक जागिरमा सार्वजनिक विज्ञापनः यस्तो चाहिन्छ योग्यता

काठमाडौः  दैनिक पत्र-पत्रिकामा प्रायजसो बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा नाम चलेका कम्पनीहरुले कर्मचारीको माग गर्दै आएको पाइन्छ। तर सोमबार राष्ट्रिय स्तरको एक पत्रिकामा बाबा गोकर्णेश्वर यातायात अटो प्रालिले एकै पटक ५०/५० जना ड्राइभर र खलासीको लागि बिज्ञापन आह्वान गरेको छ।

कम्पनी रजिष्ट्रारमा दर्ता भएको यस यातायात कम्पनीले सार्वजनिक रुपमा नै विज्ञापन मार्फत कर्मचारी माग गरेको हो।

पछिल्लो समय सकारले यातायात संचालन गर्ने विभिन्न समितिलार्इ कम्पनी रजिष्ट्रारमा दर्ता भएर यातायात संचालन गर्नु पर्ने व्यवस्था गरेको थियो।

ड्राइभरको लागि कम्पनीले उपत्यकाको सार्वजनिक बसमा काम गरेको अनुभव हुनु पर्ने छ भने खलासीको लागि नेपाली नागरिकता र मिठो बोलीचाली गर्न सक्ने हुनु पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell