काठमाडौं : फिल्म 'बाँध मायाले' टिमले ‘प्रश्नोत्तर प्रतिस्पर्धा’मा सहभागी भएका विजेतालाई उपहार प्रदान गर्न थालेको छ। टिमले हालै सहि उत्तर दिने छ विजेतालाई पाँच सय रुपैयाँको रिचार्ज कार्ड प्रदान गरेको छ।
आशेष न्यौपाने, आरभिएम, उत्तम न्यौपाने, नारायण श्रेष्ठ, अनिता पोख्रेल, एकराज भट्टराईले फिल्म निर्माण टिमबाट उपहार प्राप्त गरेका छन्। डिजिटल पेमेन्ट पार्टनर ‘खल्ती’बाट विजेतालाई रिचार्ज कार्ड उपहार दिएको फिल्मका निर्देशक सवीर श्रेष्ठले जनाए। उनले भने ‘सहभागी त थुप्रै छन्। एउटा प्रश्नमा नै ३ हजार बढीले सहभागीता जनाएका छन्। गोलाप्रथाबाट विजेता छनौट गर्यौं।’
भदौ अन्तिमसम्म यो प्रतिस्पर्धा जारी रहनेछ। प्रत्येक दुईदिनमा फिल्म 'बाँध मायाले'को एउटा प्रश्न फिल्मको फेसबुक पेजमा सोधिनेछ। उत्तर मिलाउनेलाई पाँच सय रुपैयाँको रिचार्ज कार्ड प्रदान गरिनेछ।
यो फिल्मको प्रचार अस्त्र पनि हो। फिल्म भने आगामी ५ गतेदेखी प्रदर्शनमा आउनेछ। लभ स्टोरी जनरामा बनेको फिल्ममा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ, किशोर खड्का, राजारामपौडेल, रविन्द्र प्रताप सेन लगायतको अभिनय छ।