PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

बसमा भेटिएका दुई किशोरीलाई साथीको कोठामा लगेर तीन दिनसम्म बलात्कार



सविन ढकाल

बसमा भेटिएका दुई किशोरीलाई साथीको कोठामा लगेर तीन दिनसम्म बलात्कार

काठमाडौः प्रहरीले आइतवार साँझ एक जना युवकलाई पक्राउ गरेसँगै दुई किशोरीको बलात्कार भएको घटना बाहिरिएको छ। बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोलीले कैलाली घर भएका २५ वर्षीय हेम खत्रीलाई पक्राउ गरेको हो।

खत्रीले गत बिहीबार १३ र १४ वर्षीय किशोरीलाई साथीको कोठामा बन्धक बनाइ बलात्कार गरेको प्रहरी अनुसन्धानमा देखिएको वृत्तका प्रमुख डिएसपी अनिल खड्काले जानकारी दिए।

कसरी भयो घटना ?

ललितपुर बस्दै आएका दुई किशोरीहरू बानेश्वर आउन भनेर गाडी चढे। गाडीमा केही पर पुगेपछि एक युवक पनि थपिए। उनी नै थिए हेम खत्री। उनीहरूसँग हेमले कुराकानी गर्न थाले। दिउँसोको करिब साढे पाँच बजेको थियो। उनले विभिन्न बहना बनाएर किशोरीलाई बानेश्वरमा झर्न दिएनन्। बानेश्वर हिँडेका किशोरी एकाएक खत्रीको साथीको कोठा पुगे।

खत्रीका साथीले कीर्तिपुरमा कोठा भाडामा लिएका थिए। केही दिनदेखि साथीले कोठा छोडेर गएका थिए। तर कोठाको चाँवी भने खत्रीकै खल्तीमा थियो। खत्रीले दुवै किशोरीलाई बन्धक बनाए र बलात्कार गरे।  गत शनिवार अर्थात् दुई दिनपछि पोल खोल्ने डर भएपछि १४ वर्षीय बालिकालाई भने खत्रीले घर पठाए। खत्री वैदेशिक रोजगारीमा जाने योजनासहित काठमाडौँमा बस्दै आएका थिए।

दुई दिनपछि घर पुगेकी ती किशोरीले परिवारलाई सबै घटना क्रम सुनाइन्। आफन्तले प्रहरीमा उजुरी दिए। त्यसै क्रममा खत्रीलाई प्रहरीले नियन्त्रण लिएको डिएसपी खड्काले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell