PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

नक्कली अध्यक्ष बनेर करौडौं ठग्ने दनुवार अन्ततः प्रहरी फन्दामा



पहिलोपोस्ट

नक्कली अध्यक्ष बनेर करौडौं ठग्ने दनुवार अन्ततः प्रहरी फन्दामा

काठमाडौः नक्कली सेक्युरिटी कम्पनीको अध्यक्ष बनेर ठगी गर्ने एक जनलाई प्रहरीले पक्राउ गरेको छ। आइतवार केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बसुन्धराबाट सिन्धुपाल्चोक मेलम्ची नगरपालिका  १३ का ३३ वर्षीय सविन प्रकाश दनुवारलाई पक्राउ गरेको हो।

दनुवारले आफू विमान सेक्युरिटी एन्ड सर्भिस प्रालिको संचाकल भएकाले जापानमा सरकारी कोटामा कृषि कामको लागि पठाइदिने भन्दै १ करोड ३१ लाख रुपैयाँभन्दा बढी ठगी गरेको व्यूरोका एसपी सानुराम भट्टराईले जानकारी दिए। उनले जापानमा मानिस १ लाख २१ हजार रुपैयाँ तलब हुने प्रलोभन समेत दिएको खुलेको हो।

दनुवारले २८ जना व्यक्तिसँग सात लाख रुपैयाँदेखि १२ लाखसम्म लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। जापानमा प्रति महिना १ लाख २१ हजार ३३३ रुपैयाँ तलब हुने बताएका थिए । उनले विश्वास दिलाउनको लागि आफ्नै सालालाई समेत जापानी भाषाको कक्षामा सहभागी गराएका थिए।

दनुवार फरार भई थाईल्याण्डको बैंकक तथा भारतको विभिन्न स्थानहरूमा लुकी छिपी बस्दै आएको खुल्न आएकोले हो। दनुवार विरुद्ध प्रहरीले  गत साउन १० गते डिफ्युजन नोटिस समेत जारी गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell