PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

‘लभ स्टेशन’मा दोहोरिए प्रदीप र जसिता



पहिलोपोस्ट

‘लभ स्टेशन’मा दोहोरिए प्रदीप र जसिता

काठमाडौं : फिल्म ‘लभ स्टेशन’का लागि अभिनेत्री फाइनल भएकी छिन्। अभिनेतामा प्रदीप खड्का फाइनल गरेको निर्माण टिमले अभिनेत्रीका लागि जसिता गुरुङ छनौट गरेका छन्।

फिल्म लिलिबिलीमा एकसाथ देखिएको यो जोडी अब लभ स्टेशनमा दोहोरिने भएको हो। दुईको स्क्रिन जोडीलाई दर्शकले रुचाएका थिए। फिल्मको छायाँकन आगामी असोज ५ बाट सुरु हुनेछ।

फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन्। फिल्ममा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाह लगायतको अभिनय छ।

फिल्मका प्रस्तुतकर्ता गोविन्द शाही हुन्। फिल्मको छायाँकन दार्जिलिङ, कालिङपोङ, सिक्किम, फिक्कल लगायतका स्थानमा हुनेछ। फिल्ममा आलोक शुक्लाको छायाँकन, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहनेछ। लभ स्टेशनलाई काफिया फिल्मसको व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गर्न लागेका हुन्। 



 

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell