PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एपीएफ र चितवन टाईगर अन्तिम चारमा



पहिलोपोस्ट

एपीएफ र चितवन टाईगर अन्तिम चारमा

पोखरा : विभागीय टोली एपीएफ र चितवन टाईगर पोखरामा तीज महोत्सवको अवसरमा सुरु भएको राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

पोखराको लामाचौरमा सोमवार भएको लिग खेलमा एपीएपले चितवन टाईगरलाई ३–० को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। साबिक विजेता एपीएफले चितवन टाईगरलाई २५–१९, २५–१, २५–१४ को सेटमा पराजित गर्‍यो।

जितपछि एपीएफ समूह विजेता बन्दा पराजित टोली चितवन टाईगरले उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो। यो समूहमा दुई टोली मात्र रहेकाले चितवन पनि अन्तिम चारमा पुगेको हो।

यसअघि लामाचौरस्थित इन्द्रराज्य लक्ष्मि माविको खेल मैदानमा भएको उद्घाटन खेलमा न्यू डायमण्ड एकेडेमीले विजयी सुरुवात गरेको छ। न्यू डायमण्डले पोखराको टप्स माविलाइ २५–२२, २५–१७, २५–१९ को सोझो सेटमा हरायो।

न्यू डायमण्डले दोस्रो खेलमा आर्मी विरुद्ध जित नजिक पुगेपनि वर्षाका कारण खेल स्थगित भयो। खेल स्थगित हुन अघि डायमण्डले २५–१७, २५–१७, १६–६ को अग्रता लिएको थियो।

यही भदौ २७ गते (बुधवार)सम्म संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले गरिन्।

प्रतियोगिताको विजेता टिमले एक लाख र उपविजेताले ६५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको संयोजक सुशील श्रेष्ठले बताए। सात टिमको सहभागिता रहने भनिएको प्रतियोगितामा समूह ए मा रहेका नेपाल पुलिस र जाउखाखेल भलिबल प्रशिक्षण केन्द्रले अनितम समयमा प्रतियोगितामा सहभागिता जनाएन।

महोत्सवअन्तर्गत भएको प्रदेशस्तरिय छात्रा भलिबलको उपाधि टप्स माविले जितेको छ। सोमवार भएको फाइनलमा टप्सले करुणा निधि फाउण्डेसन (केफ) लाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। विजेता टप्सले २५ हजार र उपविजेता केफले १५ हजार पुरस्कार प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell