PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

युइएफए नेशन्स लिग : पोर्चुगलले इटलीलाई हरायो, स्वीडेनविरुद्ध टर्कीको पुनरागमन जित



पहिलोपोस्ट

युइएफए नेशन्स लिग : पोर्चुगलले इटलीलाई हरायो, स्वीडेनविरुद्ध टर्कीको पुनरागमन जित

युइएफए नेशन्स लिग अन्तर्गत लिग ए को खेलमा पोर्चुगलले इटलीलाई पराजित गरेको छ।

आन्द्रे शिल्भाले दोस्रो हाफको सुरुवात गरेको गोल नै पोर्चुगलको जितमा निर्णायक बन्यो।

यस्तै लिग बी अन्तर्गत टर्कीले स्वीडेन विरुद्ध पुनरागमन जित हात पारेको छ। पहिलो हाफमा एक गोलले पछि परेको टर्कीले दोस्रो हाफमा तीन गोल फर्कायो।

एम्रे अकबाबाले अन्तिम दुई मिनेटमा दुई गोल गरेपछि टर्की ३-२ ले विजयी भएको हो। टर्कीका लागि हाकन चाल्हानोग्लुले एक गोल गरे।

स्वीडेनका लागि आइज्याक थेलिन र भिक्टर क्लासेनले एक एक गोल गरे।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell