PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

सुनकोशीमा पौडी खेल्ने क्रममा दुई बेपत्ता



पहिलोपोस्ट

बनेपाः काभ्रेपलाञ्चोकमा सुनकोशी नदीले बगाउँदा सोमबार दुई जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार चौरीदेउराली गाउँपालिका–८ का १४ वर्षीय प्रदीप पहरी र सोही ठाउँका १८ वर्षीय आशीष पहरीलाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको हो। गाउँकै सुनील पहरीको मलामी गएका दुबै जना महादेवस्थान नजिकबाट पौडी खेल्ने क्रममा बगेका हुन्।

इलाका प्रहरी कार्यालय कात्तिके देउरालीबाट प्रहरी निरीक्षक कञ्चन राजचल नेतृत्वको टोली तथा स्थानीयवासी उनीहरुको खोजीकार्यमा जुटेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell