PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी नियमित काममा फर्कँदै



पहिलोपोस्ट

प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी नियमित काममा फर्कँदै

काठमाडौँः संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका वरिष्ठतम न्यायाधीश दीपकराज जोशी आजदेखि नियमित काममा फर्कन भएका छन्। एक महिनाभन्दा लामो बिदापछि जोशी सोमबारदेखि नियमित काममा फर्कन लागेका हुन्।

जोशीको पारिवारिक स्रोतका अनुसार आजदेखि अदालत फर्कने तयारी जोशीले गरेका हुन्।

प्रधानन्यायाधीशमा समितिले अस्वीकृत गरेपछि साउन २० गतेदेखि जोशी बिदामा बसेका थिए। प्रधानन्यायाधीश नियुक्ति प्रक्रियासम्म बिदामा बस्ने भन्दै जोशीले बिदा स्वीकृत गराएका थिए।

जोशी आइतबार नै नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्न सर्वोच्च पुगेका थिए।

नवनियुक्त प्रधानन्यायाधीश मिश्रको कार्यकाल अबको चार महिनामात्र छ। पुस १८ गतेदेखि मिश्रले अनिवार्य अवकाश पाउनेछन्। त्यसपछि पनि जोशी नै कायम मुकायम प्रधानन्यायाधीश हुन पाउने संवैधानिक व्यवस्था छ। त्यसपछि पनि प्रधानन्यायाधीश सिफारिसको वरिष्ठताको रोलक्रममा जोशी नै अघि रहनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell