PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

मिटरमा जान नमान्ने ४० ट्याक्सी चालकलाई कारबाही



पहिलोपोस्ट

मिटरमा जान नमान्ने ४० ट्याक्सी चालकलाई कारबाही

काठमाडौँः महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानमा गरिएको चेकजाँचको क्रममा सोमबार ४० जना ट्याक्सी चालकलाई कारबाही गरेको छ।

यात्रुसँग बढी भाडा लिन मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकहरुलाई कारबाही गरिएको महाशाखाले जनाएको छ। ट्राफिक प्रहरीले नियमित अनुगमन गरी ट्याक्सी चालकहरुलाई कारबाही गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell