PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

छानविन समितिका सदस्यले राजीनामा दिएको विषयमा गृह मन्त्रालयले अर्को छानविन गर्ने



पहिलोपोस्ट

छानविन समितिका सदस्यले राजीनामा दिएको विषयमा गृह मन्त्रालयले अर्को छानविन गर्ने

काठमाडौं : १३ वर्षीय किशोरी निर्मला पन्त बलात्कार र हत्याको घटनाबारे छानबिन गर्न गठित समितिका एक सदस्यले राजिनामा दिएको विषयलाई लिएर छानविन शुरु भएको छ। 

गृहमन्त्री रामबहादुर थापाले सदस्यको राजिनामाबारे छानविन सुरु भइसेको जानकारी गराएका हुन्। सोमवार उप-सचिव वीरेन्द्र केसीले असन्तुष्टि व्यक्त गर्दै छानविन समितिको सदस्यबाट राजिनामा दिएका थिए। उनी सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप-सचिव हुन्।

सरकारले घटनाको अनुसन्धान गर्न आइतवारमात्रै १५ दिन म्याद थप गरेको छ। म्याद थपिएसँगै केसीले समितिबाट राजिनामा दिएका हुन्। किन राजनामा दिए भन्ने विषयमा अनुसन्धान हुने गृहमन्त्री थापाले बताएका हुन्। गृहमन्त्री थापाले काभ्रेपलाञ्चोकमा आयोजित एक कार्यक्रममा भने, 'राजिनामा दिनुको कारणबारे सरकारले छानविन गर्छ।'

भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो। कञ्चनपुरमा अनुसन्धान गरिसकेको  टोलीले सोमवार गृहमन्त्रीलाई प्रतिवेदन बुझाउने कार्यक्रम थियो। समय थप गर्दा अनुसन्धानमा जटिलता आउने र हत्यारा भाग्न सक्ने भएकाले म्याद थप गर्न नमिल्ने केसी को धारणा थियो। समितिले शुक्रवार कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीको अनुसन्धानमा त्रुटि देखिएको औँल्याएको थियो। 

निर्मला प्रकरण छानबिन समितिका सदस्य नै असन्तुष्ट: सरकारले म्याद थपेपछि केसीले दिए राजीनामा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell