PahiloPost

May 16, 2026 | २ जेठ २०८३

‘मिस एभिएसन क्विन–२०१८’ को काठमाडौं अडिसन सम्पन्न



पहिलोपोस्ट

‘मिस एभिएसन क्विन–२०१८’ को काठमाडौं अडिसन सम्पन्न

काठमाडौं: विमान परिचारिका (एयर होस्टेस) प्रशिक्षण लिइरहेका युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस एभिएसन क्विन–२०१८’ हुने भएको छ। टच ईन्टरटेन्मेन तथा स्पर्श फिल्म्सले प्रतियोगिता आयोजना गर्ने भएको हो।

प्रतियोगिताको ग्राण्ड फिनाले आगामी असोजको अन्तिम साता हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको काठमाडौं अडिसन सम्पन्न भएको छ।  अडिसनबाट २० जना युवतीहरु छनोट आयोजक विजया शाहले बताइन्। अडिसनका निर्णायकहरुमा साहारा एयरलाइन्सका सिईओ आलोक भट्टराई, बुद्ध एयरका मार्केटिङ मेनेजर बिनिता थापा, नेपाल एयरलाइन्सका क्याबिन क्रू दायमन्ती किराँत, पूजा सिलवाल, हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’ तथा डिजे शिशिर रहेका थिए।

ग्राण्ड फिनालेमा उत्कृष्ट हुने तथा सबै प्रकृया पुग्ने एक जनाले नगदसहित कुनै एक एयरलाइन्समा जागिरको व्यवस्था गरिने आयोजक संस्थाले जनाएको छ। एसराज गराच प्रतियोगिताका कोरियोग्राफर हुन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell