PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

चट्याङ लाग्दा श्रीमानको मृत्यु, श्रीमती घाइते 



पी बी खड्का

चट्याङ लाग्दा श्रीमानको मृत्यु, श्रीमती घाइते 
प्रतीकात्मक फोटो

सुर्खेतः सुर्खेतको गुर्भाकोट नगरपालिकामा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। 

नगरपालिकाको वडा नं.–१४ जुगेपानीस्थित एकतले फुसले छाएको घरमा चट्याङ् पर्दा ५० वर्षीय प्रेमबहादुर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

चट्याङ लागेर उनकी ४८ वर्षीया खगीसरा पुन घाइते भएकी हुन्। घाईते पुनको मेहेलकुना अस्पतालमा उपचार भईरहेको छ। 

चट्याङले गोठमा रहेका २ वटा गाई, एक गोरु र एक कुकुरसमेत मरेका छन्।  



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell