PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

प्रहरीले देशभक्तका विरुद्धमा उजुरी गर्न पुगेका राम केशर बोगटीलाई फर्काइदिए



पहिलोपोस्ट

प्रहरीले देशभक्तका विरुद्धमा उजुरी गर्न पुगेका राम केशर बोगटीलाई फर्काइदिए

काठमाडौं: केहीदिन अघि वरिष्ठ कलाकार देशभक्त खनालले  कलाकार संघका अध्यक्ष विरुद्ध फेसबुकमा स्टेटस लेखे। उक्त स्टेटसका कारण अध्यक्ष बोगटी सहित केही कलाकार प्रहरीसम्म पनि पुगे।

खनालले लेखेका थिए -‘कलाकार संघका राम केशर बोगटी जग्गा दलाल मात्र हाइन भू माफिया र भयानक ठग पनि हो, यस्ता ठगहरू नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष जस्तो गरिमामय पदमा एक मिनेट पनि बस्न सुहाउँदैन।’

 
अध्यक्ष बोगटी महानगरीय अपराध महाशाखामा खनाललाई पक्राउ गर्ने उजुरी लिएर पुगेका थिए। तर, प्रहरीले साइबरक्राइम नभएको देखिएपछि उजुरी लिएन। गाली गलौजको विषय भएकाले प्रहरीले अध्यक्ष सहित अन्य कलाकारलाई फर्काइदिएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell