PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

फेरि सर्दै ने क पाको केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठक



विधुर ढकाल

फेरि सर्दै ने क पाको केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठक

काठमाडौं : पार्टीभित्रको असन्तुष्टिका कारण नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को केन्द्रीय सचिवालय बैठक पटक-पटक सरिरहेको छ। यसअघि भदौ २४ र २५ गतेका लागि बोलाइको सचिवालय बैठक स्थगित भएको थियो। 

सचिवालय बैठककै कारण पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण छोट्याइएको थियो। 

उनी २४ गते स्वदेश फर्किने र सोही दिन बैठक बस्ने बताइएको थियो। तर, उनी २५ गते मात्र नेपाल फर्किए।

सचिवालयको बैठकपछि स्थायी कमिटीको बैठक २६ र २७ गते बोलाइएको थियो। सचिवालय बैठक नबसेपछि स्थायी कमिटीको बैठकसमेत रोकिएको छ। 

पुनः ने क पाले बुधवार सचिवालय बैठक डाकेको छ। दुई अध्यक्षबीचको छलफलपछि बुधवार सचिवालय बैठक बोलाउने सहमति भएको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
 
जेठ ३ गते पार्टी एकतापछि तीन महिनाभित्र तल्ला कमिटी र जनवर्गीय संगठनको एकता सम्पन्न गर्ने बताइएको थियो। तर, यसबीच बनेका कार्यदलले बुझाएको प्रतिवेदनप्रति ने क पाभित्रै असन्तुष्टि बढेपछि बैठकसमेत अन्यौलमा परेको छ। 

पार्टीभित्र वरिष्ठ नेता माधव नेपाल समूहले खुलेरै कार्यदलको प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गरिरहेको छ। गत सातामात्र नेपालले तल्ला कमिटी तथा जनवर्गीय संगठनको एकताका लागि थप छलफल आवश्यक भएको बताएका थिए।
 
यो असन्तुष्टिलाई सम्बोधन गर्न दुवै अध्यक्षले नेता नेपालसँग छलफल गरिरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell