PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

किमको चौथो पत्र :  उत्साहित भए ट्रम्प



पहिलोपोस्ट

किमको चौथो पत्र :  उत्साहित भए ट्रम्प
Photo : The New York Times

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलार्इ उत्तर कोरियाली नेता किम जोङ उनले पत्र लेखी दोस्रो शिखर वार्ताका लागि आह्वान गरेका छन्। गत बिहीवार पानजुमनमा उत्तर कोरियाली र अमेरिकी उच्च पदस्थ सैनिकबीच भएको भेटका क्रममा किमको पत्र हस्तान्तरण गरिएको थियो। उत्तर कोरियाली नेताले ट्रम्पलार्इ लेखेको यो चौथो पत्र हो। 

ह्वाइट हाउसकी प्रवक्ता साराह सानडर्सले उक्त पत्र 'निकै न्यानो' रहेको बताइन्। त्यसबाट प्योङयाङ निशस्त्रीकरणको आफ्नो वाचाप्रति प्रतिवद्ध देखिएको उनको दावी थियो। 

उक्त पत्रको मुख्य आशय भन्नु नै अर्को वार्ताका लागि मिति तय गर्नु रहेको छ। त्यसका लागि अमेरिका खुला रहेको र भेटको तयारीका लागि सहकार्य गर्न तयार रहेको सानडर्सले बताइन्। 

वासिङ्टन उक्त वार्ता गराउन तयार रहेको बताएकी सानडर्सले दुर्इ नेताहरुबीच हुने भेटवार्ताको मितिका बारेमा भने केही जानकारी दिइनन्। 

तर, उनले किमको पत्र 'एकदमै न्यानो र सकारात्मक' रहेको भन्दै उत्तर कोरियाले स्थापनाको ७० औं वार्षिकोत्सव समारोहका अवसरमा राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन नगरेकोमा किमको प्रशंसा गरिन्।

ट्रम्पले पनि ट्वीट् मार्फत् ब्यालेस्टिम मिसाइलबिना गरेको परेड उत्तर कोरियाको सकरात्मक कदम रहेको बताएका थिए। 

सेप्टेम्बर ९ मा ट्रम्पले ट्वीटरमा लेखेका थिए - 'यो उत्तर कोरियाको एकदमै ठूलो र सकरात्मक कदम हो। धन्यवाद अध्यक्ष किम। हामी दुवै अरुलार्इ गलत प्रमाणित गर्नेछौं। एक अर्कालार्इ मन पराउने दुर्इ व्यक्तबीच राम्रो वार्ता हुनुजस्तो अरु केही छैन। मैले कार्यालय सम्हाल्नुभन्दा धेरै राम्रो।' 

फक्स न्यूजले 'ट्रम्पलार्इ देखाउनमात्र उत्तरले ब्यालेस्टिम मिसाइल बिना गरेको परेड गरेको' भन्ने समाचारको खण्डन गर्दै ट्रम्पले ट्वीट गरेका थिए। 

७०औं वार्षिकोत्सवको परेडमा चिनियाँ राष्ट्रपति सि जिङ पिङ सहभागी हुने बताइए पनि उनी सहभागी भएनन्। अमेरिकाले चीनका कारण उत्तर कोरियासँग अमेरिकी सम्बन्ध बिग्रिँदै गएको र उत्तर निशस्त्रीकरणका लागि अग्रसर नभएको आरोपकाबीच सिले उत्तरको भ्रमण रद्ध गरेको बताइएको छ। चीनको सहायताले मात्र र पूर्ण निशस्त्रीकरणबिना उत्तर कोरियामाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धहरु नहट्ने बुझेर नै किमले ट्रम्पलार्इ चौथो पत्र लेखेको बताइएको छ। 

सेप्टेम्बर ७ मा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले आफू किमको अर्को पत्रको आशामा रहेको बताएका थिए। ट्रम्पले ट्वीट् मार्फत् किम र निशस्त्रीकरणका बारेमा आफ्नो मत राख्दै आएका छन्। ट्रम्पले किमले आफूलार्इ पत्र पठाएको र त्यो पत्र निकै सकारात्मक हुने बताएका थिए। किमले नयाँ पत्र पठाएको विषयमा ट्रम्प निकै हर्षित बनेका थिए।  

ट्रम्पको पहिलो कार्यकाल अघि नै सहमतिमा पुग्ने किमको इच्छा रहेको भन्ने समाचार आइरहँदा ट्रम्पले ट्वीट गर्दै किमले आफू माथि विश्वास गरेकोमा धन्यवाद दिँदै सँगै मिलेर यो कार्य गर्ने बताएका थिए। 

माइक पोम्पेओलार्इ उत्तर कोरियाको भ्रमण गर्नबाट रोकेका ट्रम्पको यो भनाइले अमेरिकी अधिकारीहरु नै आश्चर्यमा परेका थिए। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उनबीच सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्ताका क्रममा कोरियाली प्रायद्वीपलार्इ आणविक निशस्त्रीकरण गर्ने सहमति भएको थियो। तर, अमेरिकाले उत्तर कोरिया त्यस प्रतिवद्धताप्रति उत्तरदायी नभएको आरोप लगाउँदै आएको छ। 
गत २५ अगस्टमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको उत्तर कोरिया भ्रमण स्थगित भएको थियो। निशस्त्रीकरणका पक्षमा उत्तर कोरियाले भने बमोजिमको प्रगति नगरेकाले तत्कालका लागि उत्तर कोरियाको भ्रमण गर्न उचित छैन भनेर भ्रमण स्थगित गरिएको जनाइएको थियो। 

दुर्इ हप्तापछि अमेरिकाको न्युयोर्कमा शुरु हुने संयुक्त राष्ट्रसंघको साधारणसभाका बीच ट्रम्प र किमबीच भेट हुनसक्ने अनुमान पनि गरिएको छ। तर, किमले अमेरिका भ्रमणका बारेमा हालसम्म कुनै संकेत दिएका छैनन्। सिंगापुरमा भएको वार्ताका क्रममा दुवै नेताले एक अर्कालार्इ आफ्नो देश भ्रमणको निम्तो दिएका थिए। 
 

मुन किम वार्ता

यस्तै सेप्टेम्बर १८ देखि २० मा उत्तर कोरिया र दक्षिण कोरियाका नेता बीच तेस्रो शिखर वार्ता हुँदैछ। दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन र उत्तर कोरियाली नेता बीच प्योङयाङमा वार्ता हुने तय भएको हो। 

गत बुधवार मुनका विशेष दूतका रुपमा राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका चुङ उर्इ योङ उत्तर कोरिया गएर वार्ताको मिति तय गरेरका थिए। चुङले आगामी शिखर बैठकमा पानमुनजोममा दुई नेताबीच सम्पन्न अन्तर कोरियाली शिखर बैठकका सम्झौताको कार्यान्वयनको समीक्षा हुने बताएका थिए। यस्तै, बैठकमा कोरियाली प्रायद्वीपलाई आणविक निशस्त्रीकरण सहित समृद्ध कोरियाली द्वीप बनाउने उपायको खोजी गरिने पनि चुङले बताएका थिए। 

यस्तै, दुर्इ नेताहरुको वार्तापूर्व दुर्इ राष्ट्रको सीमामा संयुक्त सम्पर्क कार्यालय खोल्ने सहमति भएको एकीकरण मन्त्रालयले जनाएको छ। उक्त कार्यकममा उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीको उपस्थिति रहने बताइएको छ। 

भेटका क्रममा किमले उत्तर कोरियाले आणविक निशस्त्रीकरणका बारेमा गरेका कार्यहरु अर्थपूर्ण र महत्वपूर्ण रहेका बताएका थिए। 'किमले पुन्ग्येरी मा रहेको आणविक परीक्षण स्थल ध्वस्त बनाइसकेको र आफूसँग अरु थप आणविक परीक्षण गर्ने स्थल नरहेको स्पष्ट गर्दै अन्तर्राष्ट्रिय समुदायले आफ्ना कार्यहरुको समर्थन गर्न हिच्किचाएको घटनाबाट आफूलाई दुःख लागेको' बताएको चुङले बताएका थिए।  
नेता किमले जनवरी २०२१ अघि नै उत्तर कोरिया र अमेरिकाबीचको शत्रुतापूर्ण सम्बन्धलाई अन्त्य गर्ने र कोरियाली द्वीपलाई आणविक निशस्त्रीकरणबाट मुक्त राख्ने आशा व्यक्त गरेको थिए। 

केही दिनयता ट्रम्प र किमबीच वार्ताका लागि प्रयासहरु भइरहेका थिए। दक्षिण कोरियाका विदेशमन्त्री काङ कुयुङले मंगलवार उत्तर कोरियाका लागि नयाँ विशेष दूत स्टेफेन बेइगुनसँग वार्ताका बारेमा छलफल गरेका थिए। बेइगुनले आफ्नो भ्रमणले कोरियाली प्रायद्वीपमा निशस्त्रीकरणका लागि सहयोगी हुने बताएका थिए। उक्त भ्रमण ट्रम्प र किमबीच दोस्रो वार्तामा समेत केन्द्रित रहेको ह्वाइट हाउसले जनाएको थियो। 

आबेको इच्छा

यस्तै, जापानका प्रधानमन्त्री सिन्जो आबेले आफूले उत्तर कोरियासँगको सम्बन्ध सुधार्न चाहेको बताएका छन्। उत्तर कोरियाली नेता किमसँग वार्ताका माध्यमबाट आफू सम्बन्ध सुधार्न इच्छुक रहेको आबेले बताएका हुन्। दक्षिण कोरियाली प्रधानमन्त्री लि नाक योनसँगको साइडलाइन वार्ताका क्रममा आबेले आफ्नो इच्छा व्यक्त गरेका थिए। 

आबे ले भने, 'जापान र उत्तर कोरियाबीचको सम्बन्ध सुधार्न र सामान्य बनाउन मैले कोसिस गर्नुपर्छ। यो विषय किम र मैले संयुक्तरुपमा टुंग्याउनु पर्नेछ।'

आबेले गत सोमवार दक्षिण कोरियाको गुप्तचर विभागका प्रमुखसँगको भेटमा पनि किमसँगको वार्ताका बारेमा चर्चा गरेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन्। तर, आबेले उत्तर कोरियाप्रति जापानको दृष्टिकोणमा परिवर्तन नआएको पनि स्पष्ट पारेका थिए। 

दुर्इ राष्ट्रबीच सम्बन्ध सुधार्न उत्तरले जापानी नागरिकहरुको अपहरणका सम्बन्धमा स्पष्ट पार्नु पर्ने जापानले बताउँदै आएको छ। 

भेटका क्रममा प्रधानमन्त्री लि ले कोरियाली प्रायद्वीपमा निशस्त्रीकरणका लागि जापानको सहयोग महत्वपूर्ण रहने बताएका थिए। 

उत्तर कोरिया र जापानबीच राम्रो सम्बन्ध स्थापना भएमा यसबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न सहयोग हुने आबेले बताए। 
आबेले ट्रम्पले उत्तर कोरियाको भविष्यका बारेमा ठोस नीतिहरु बनाउनु पर्ने विचारमा आफू सहमत रहेको बताएका छन्। उत्तर कोरिया प्राकृतिक स्रोतसाधनमा धनी भएको भन्दै यसको राम्रो सदुपयोग गरेमा उत्तर कोरियो भविष्य उज्जवल हुने आबेले बताएका छन्। 
टोकियो, सिओल र वासिङटन मिलेर यसका लागि सहकार्य गर्नु पर्ने आबेको तर्क थियो।  

सिंगापुरमा जुन १२ मा भएको किम र मुन वार्ताले विश्वकै ध्यान आकर्षित गरेको थियो। यी दुर्इ नेताहरुबीच हुने दोस्रो भ्रमण र दक्षिण कोरियाली र जापानी नेताको कोरियाली प्रायद्वीपलार्इ निशस्त्रीकरण प्रतिको इच्छाले पनि यो वार्ता महत्पूर्ण हुने बताइएको छ।  

संयोजन तथा अनुवाद : सहयोग रञ्जित  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell