PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

चाबहिल मालपोतका अधिकृत र तीन नासु पक्राउः  ४० आना जग्गा कीर्ते गरेर बिक्री!



सविन ढकाल

चाबहिल मालपोतका अधिकृत र तीन नासु पक्राउः  ४० आना जग्गा कीर्ते गरेर बिक्री!

काठमाडौः मालपोत कर्मचारीको मिलेमत्तोमा ६ करोड रुपैयाँ बराबरको जग्गा किर्ते गरि बिक्री भएको खुलेको छ।  अर्काको नामको जग्गा कीर्ते कागजपत्र बनाएर बिक्री गरेको आरोपमा प्रहरीले मालपोत कार्यालयका अधिकृतसहित चार जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले चाबहिल मालपोत कार्यालयमा कार्यरत अधिकृतसहित चार जनलाई सोमवार दिउँसो नियन्त्रणमा लिएको हो।


मलोपत कार्यालयका अधिकृत खगेन्द्र अर्याल, नासु रघुनाथ तिमिल्सिना र नासु रञ्जनकुमार खरेल र नासु जमुनाकुमारी श्रेष्ठलाई नियन्त्रणमा लिएको वृत्तका प्रमुख डिएसपी सुनिल मल्लले जानकारी दिए। पहिलोपोस्टसँगको कुराकानीमा डिएसपी मल्लले भने, 'जग्गा बिक्रीमा कैफियत देखिएपछि आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएका हौ।'


चन्दनकृष्ण कायस्थको बूढानिलकण्ठमा रहेको ४० आना जग्गा मालपोत कार्यालयका कर्मचारीहरूको मिलेमतोमा बिक्री भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। भदौ १८ गते जग्गा ६ करोड रुपैयाँमा बिक्री भएको थियो। प्रहरीले जग्गा खरिद र बिक्री गर्नेलाईसमेत नियन्त्रणमा लिएको छ।

बुढानीलकण्ठ ७ को ‘ग’ को कित्ता नम्बर ३२३, ३२५ र ३२९ को जग्गा किर्ते गरि श्रीकृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराईको नाममा पास गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell