PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

संविधान दिवशको दिन राजपाको विरोध कार्यक्रम यस्तो



पहिलोपोस्ट

संविधान दिवशको दिन राजपाको विरोध कार्यक्रम यस्तो

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान जारी भएको दिन विरोधका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ। राजपा अध्यक्ष मण्डलको बैठकले 'मधेशविरोधी संविधान जारी भएको दिनलाई विरोध दिवशका रुपमा मनाउने' निर्णय सार्वजनिक गरेको हो।

आज सम्पन्न राजपा अध्यक्ष मण्डलको बैठकले असोज तीनलाई विरोध दिवशका रुपमा मनाउँदै दिउँसो विरोध प्रर्दशन तथा विरोधसभा गर्ने निर्णय गरेको हो। सोही दिन साँझ सात बजेदेखि सवा सात बजेसम्म ‘ब्ल्याक आउट’ अर्थात् बत्ती निभाएर विरोध गर्ने निर्णय गरेको छ।
जिल्लास्तरमा समन्वय गरी थप कार्यक्रम गर्न जिल्ला समितिहरुलाई राजपाले निर्देशन दिएको छ।

बैठकले महाधिवेशन केन्द्रित विभिन्न संगठन निर्माण तथा सदस्यता वितरणका कार्यलाई अगाडि बढाउन जिल्ला समितिहरुलाई निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell