
काठमाडौं : कञ्चनुपरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगका पक्राउ परेका मुख्य अभियुक्त ४१ वर्षीया दिलिपसिंह बिष्ट रिहा भएका छन्।
सरकारी वकिलको राय अनुसार बिष्ट रिहा भएका हुन्। बिष्टलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी कुवरेसिंह कठायातले बताए।
'अदालतको आदेश अनुसार रिहा भएका हुन्,' एसपी कठायतले भने।
बिष्टलाई प्रहरीले गत भदौ ४ गते पक्राउ गरी सार्वजनिक गरेको थियो। त्यस्तै प्रहरीले पक्राउ गरेका रोशनी र बबिता बम पनि रिहा भएका छन्। दिदी रोशनीलाई भने ३० हजार रुपैयाँ घरौटीमा छोड्न आदेश दिएको हो।
प्रहरीले अभियुक्त बनाएका दिलीपसिंह बिष्टलाई उपचार र डिएनए परीक्षणका लागि काठमाडौं ल्याइएको थियो। तर, डिएनए रिपोर्ट नमिलेपछि बिष्ट रिहा भएका हुन्। स्थानियवासीले बिष्ट पक्राउ परेदेखि नै गतल व्यक्तिलाई अभियुक्त बनाएको भन्दै प्रहरीको अनुसन्धानमा शंका व्यक्त गर्दै आएका थिए।
प्रहरीको अनुसन्धानलाई नै लिएर कञ्चनपुरमा तवान उत्पन्न भएको थियो। विवाद बढ्दै गएपछि गृह मन्त्रालयले नयाँ एसपी पठाएर अनुसन्धान सुरु गर्न निर्देशन दिएको थियो। एसपी बिष्टको अनुसन्धानमा कमजोरी देखिएकाले उनलाई भदौ ९ गते निलम्बित गरिएको थियो।
भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो।
पन्तको बलात्कारपछि हत्या भए पनि हत्याराको पहिचान हुन सकेको छैन।