- महेन्द्र बम -
सोमबारको प्रदेश सभा वैठकमा पारितका लागि पेस भएका विधेयकहरु मंगलवारको वैठकले पारित गरेको हो।
साथै सोमबार भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले टेबुल गरेको प्रदेश सातको सहकारी सम्बन्धि ब्यवस्था गर्न बनेको विधेयक २०७५ माथि पनि सामान्य छलफल गरिएको थियो।
मंगलवारको बैठक सुरु भएलगत्तै प्रदेश सभा सदस्य मना कुमारी साउँदले पछिल्लो समय महिला तथा बालबालिकाहरु माथि भइरहेको हिंसा रोख्न सरकारसँग माग गरेकी थिइन्।
सात नम्बर प्रदेश सभाको अर्काे बैठक असोज १ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।