
वल्र्ड ट्रेड सेन्टरको सम्झना
सेप्टेम्बर ११, २००१ का दिन आतंकवादी संगठन अल-काइदाले तीनवटा विमान अपहरण गरी अमेरिकाका महत्वपूर्ण तीनवटा संरचनामा आक्रमण गरेको थिए। तीमध्ये दुईवटा विमानले न्यूयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरमा आक्रमण गरेको थियो। यस्तै, एउटा विमानले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आक्रमण गर्ने योजना बनाएको थियो। तर विमानमा सवार यात्रुको प्रतिरोधका कारण तेस्रो विमान पेन्टागन नपुग्दै श्याक्सनभिल्लेमा झरेको थियो। त्यस विमानमा सवार ४० जनाभन्दा बढी यात्रु र चालकदलका सदस्य सबैको मृत्यु भएको थियो।
तर वल्र्ड ट्रेड सेन्टरमा भएको विमान आक्रमणबाट सबैभन्दा ठूलो क्षति भएको थियो। आतंकवादी संगठन अल-कायदाका नेता ओसामा बिन लादेनको निर्देशनमा भएको उक्त आक्रमणबाट तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।
करिब एक दशकपछि तत्कालीन राष्ट्रपति बाराक ओबामाको आदेशमा अमेरिकी सेनाको कारबाहीमा मे २०११ मा बिन लादेन मारिएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी भूमिमा भएको सबैभन्दा ठूलो आतंकवादी हमलाको १७ वर्षका सिलसिलामा पेन्सिलभेनियाको स्मारकमा आयोजना गरिने विशेष कार्यक्रममा सहभागिता जनाएका छन्। राष्ट्रपति चुनिएपछि गत वर्ष राष्ट्रपति ट्रम्प पहिलो पटक वार्षिक समारोहमा सहभागी भएका थिए।
सन् २००१ को आक्रमणका समयमा राष्ट्रपति ट्रम्प वल्र्ड ट्रेड सेन्टरबाट करिब ६.५ किलोमिटर टाढाको आफ्नै ट्रम्प टावरमा थिए। उनले पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले अमेरिकी जनतालाई सुरक्षित राख्न नसकेको भन्दै आलोचना गरेका थिए। ट्रम्पले न्यूयोर्क आक्रमणमा सयौं मित्रहरु गुमाएको बताउँदै आएका छन्।
भारतमा बस दुर्घटना
भारतको जगट्याल जिल्लामा रहेको कोनडगट्टु घाटमा एक बस भिरबाट तल खस्दा ४५ जनाको मृत्यु भएको छ। तेलंगाना राज्य सडक परिवहन निगम अन्तर्गत संचालन भइरहेको उक्त बस ६२ जना तिर्थालु सहित कोनडगट्टुको हनुमान मन्दिरबाट जगतियाल तर्फ गइरहेको बताइएको छ। ढलान गरिएको सडकको एक मोडबाट अर्को मोड तर्फ बसलार्इ लग्न खोज्दा ब्रेक फेल भइ दुर्घटना भएको अधिकारीहरुले बताएका छन्।
ट्रम्पलार्इ पत्र
उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकालार्इ पत्र लेखी दोस्रो शिखर वार्ताका लागि आह्वान गरेका छन्। गत बिहिवार पानजुमनमा उत्तर कोरियाली र अमेरिकी जेनरलहरुको भेटका क्रममा किमको पत्र हस्तान्तरण गरिएको थियो। ह्वाइट हाउसकी प्रवक्ता साराह सानडर्सले उक्त पत्र 'निकै न्यानो' रहेको बताइन्। त्यसबाट प्योङयाङ निशस्त्रीकरणको आफ्नो वाचा प्रति प्रतिबद्ध रहेको देखिएको उनले बताइन्। उक्त पत्रको मुख्य आशय भन्नु नै अर्को वार्ताका लागि मिति तय गर्नु रहेको थियो। त्यसका लागि अमेरिका खुला रहेको र भेटको तयारीका लागि सहकार्य गर्न तयार रहेको सानडर्सले बताइन्। ट्रम्पले पनि ट्वीट मार्फत ब्यालेस्टिम मिसाइल बिना गरेको परेड उत्तर कोरियाको सकरात्मक कदम रहेको बताएका छन्।
युद्धमा अफगानिस्तान
अफगानिस्तानको दुई वटा प्रान्तमा भएको हवाई कारबाही र दोहोरो गोली हानाहानमा चार प्रहरी अधिकारी र ८७ जना आतंककारी मारिएका स्थानीय सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्। अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहारमा अफगान हवाइ सेनाले तालिवान आतंककारीविरुद्ध सोमबार मध्यरातमा आक्रमण गरेको थियो। कन्दाहारको प्रान्तीय राजधानी कन्दाहारबाट पश्चिमतर्फको एक जिल्लालाई कब्जामा लिने कोसिसमा तालिबानी आतंककारीहरु रहेको बताइन्छ। त्यसैगरी अफगान सुरक्षाफौज र अमेरिकाआवद्ध नेटो संयुक्त गठबन्धनले अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको बाहलान इ मार्काजी जिल्लामा तालिबान आतंककारी विरुद्ध चलाएको हवाइ कारबाहीमा ३० जना आतंककारी मारिनुको साथै अन्य १६ जना घाइते भएका सेनाका प्रवक्ता हनिफ रेजाइले बताए।
लोगो परिवर्तन गर्दै कम्पनीहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करबृद्धिबाट जोगिन ठूलो संख्याका चिनीया कम्पनीहरुले नयाँ तरिका अपनाउन थालेका छन्। 'मेड इन चाइना' को साटो बस्तुका उत्पादनका लोगोहरुमा भियतनाम, सर्बिया र मेक्सिकोको नाम छाप्न थालिएको छ। शेन्जेनमा सूचीकृत मोटरसाइकलको पार्टपूर्जा बनाउने एच१ कर्पले गत महिना नै भियतनामबाट उत्पादन थाल्नुपर्ने एउटा प्रमुख कारण करबृद्धि हो भन्ने बारेमा लगानीकर्तालाई जानकारी दिएको थियो।राष्ट्रपति ट्रम्पले करिब ५० अर्ब डलर बराबरका चिनीया बस्तुमा २५ प्रतिशत करबृद्धि गरेको घोषणा गरेलगत्तै विश्वकै दुई सर्वाधिक ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच केही महिनादेखि व्यापारिक तनाव चुलिएको छ । अमेरिकी घोषणा लगत्तै चीनले पनि प्रतिशोध स्वरुप अमेरिकी आयातमा करबृद्धि गरेको छ ।
शाहिदुल आलमको जमानत अस्वीकार
बंगलादेशका चर्चित फोटो पत्रकार तथा अधिकारकर्मी शाहिदुल आलमलार्इ बंगलादेशी अदालतले जमानतमा रिहा गर्न अस्वीकार गरेका छन्। बंगलादेशमा भएको विद्यार्थी आन्दोलनका क्रममा 'अलजजिरा र फेसबुक' मार्फत झुटा र उत्तेजक अभिव्यक्ति दिएको अभियोगमा उनलार्इ अगस्ट ५ मा पक्राउ गरिएको थियो। गत महिना बंगलादेशमा एक बसले ठक्कर दिँदा दुर्इ युवाहरुलार्इ मृत्यु भएपछि विद्यार्थीहरु आन्दोलित भएका थिए। त्यही आन्दोलनका क्रममा आलमले अलजजिरालार्इ 'यो आन्दोलन भ्रष्ट्राचार र एक शक्तिको आडमा निर्माण भएको जनताबाट नचुनिएको सरकारका विरुद्ध' भएको अभिव्यक्ति दिएका थिए। आलमलार्इ नियोजित रुपमा बंगलादेशको इन्टरनेट कानुन उल्लंघन गरेको आरोपमा छानबिन भइरहेको जनाइएको छ।
तस्विर:AP/AFP/REUTERS/BBC/CNN