PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

नेपाल प्रदर्शन तय नहुँदै न्यूयोर्कमा 'अमेरिकन बाबु मेडिन इन नेपाल'



पहिलोपोस्ट

नेपाल प्रदर्शन तय नहुँदै न्यूयोर्कमा 'अमेरिकन बाबु मेडिन इन नेपाल'

काठमाडौं: 'अमेरिकन बाबु मेडिन इन नेपाल' अमेरिकामा बस्ने नेपालीहरुको कथा समेटेको फिल्म हो। अमेरिकामा बस्दै आएका कलाकाहरुको अभिनय फिल्ममा देख्न सकिन्छ। फिल्ममा गायक/अभिनेता बाबु बोगटी र नन्दिता केसीको मुख्य भुमिका छ। फिल्मले अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरूले वास्तविकता समेट्न खोजेको निर्देशक ईश्वर थापाले जनाए।  

फिल्ममामा बाबु र नन्दितासँगै क्रिश थापा, ईशान ढकाल, प्रवेश उप्रेती, राजेश गुरुङ, नदिया लिबाङ स्मृति पोखरेल, जाङबु शेर्पा लगायतको अभिनय छ। फिल्ममा क्यानडा निवासी सुरेन्द्र नकर्मीको पटकथा रहेको छ।

ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.को ब्यानारमा यो फिल्म बनेको हो। फिल्ममा ओम कर्माचार्य र बाबु बोगटीको संगीत रहेको छ। फिल्ममा शम्भु मोक्तानको सिनेमेटोग्राफी रहेको छ। फिल्मको न्यूयोर्कमा प्रिमियर पनि सम्पन्न भयो। तर अहिलेसम्म निर्माण टिमले नेपाल प्रदर्शन मिति तय गरेका छैनन्। तर टिमले तीन महिनापछि फिल्म नेपालमा प्रदर्शन गर्ने तयारी गरेका छन्।

निर्देशक ईश्वरले भने अर्को फिल्म 'बुलेटप्रुफ शेर्पा' निर्माण गर्ने घोषणा गरेका छन्।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell