PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

असाम केन्द्र बनाएर ६.१ रेक्टरस्केलको भूकम्प जाँदा पूर्वी नेपालमा धक्का



रासस

असाम केन्द्र बनाएर ६.१ रेक्टरस्केलको भूकम्प जाँदा पूर्वी नेपालमा धक्का

काठमाडौँ : पूर्वी नेपालका केही जिल्लामा आज बिहान १० बजेर ३५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ। 

उत्तरपूर्वी भारतको असाम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ६.१ रिक्टर स्केलको उक्त भूकम्पको धक्का नेपालसम्म महसुस भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

भूकम्पको सामान्य धक्का मात्र भएकाले अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell