प्रियंका चोपडा र निक जोनसको इन्गेजमेन्टपछि बलिउडमा रणवीर सिंह र दीपिकाको बिहेको चर्चा छ। लामो समयदेखी प्रेम सम्बन्धमा रहेका रणवीर र दीपिका बिहे गर्न निर्णयमा पुगिसकेका छन्। बिहेको मिति र स्थान पनि फाइनल भइसकेका छन्।
भारतीय मिडियाका अनुसार उनीहरुको बिबाह इटलीमा हुनेछ। बिहे आगामी नोभेम्बर १२ मा हुने भएको हो। नजिकका आफन्त र इष्टमित्रबीच बिहे हुने जनाइएको छ। अभिनेत्री अनुश्का र विराटको बिहे पनि इटलीमा भएको थियो।
अब रणवीर र दीपिकाले सम्बन्धितलाई निम्तो पनि दिन थालेका छन्। सेलेक्टेड आफन्त फिल्मकर्मीलाई मात्र बिबाहमा निम्तो छ। बिबाह कार्यक्रममा आउनेहरुले मोबाइल प्रयोग गर्न पाउने छैनन्।