
काठमाडौँ : बीसीसीआईको आयोजनामा आजबाट सुरु भएको यू-१९ क्वाड्राङगुलर एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको छ।
बलरहरुले उत्कृष्ट प्रदशर्न मद्दतमा नेपाल यू-१९ ले भारतको यू-१९ बी टिमलाई १६१ रनमै अलआउट गरेको हो।
नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतको बी टिम ४९ ओभरमा सबै विकेट गुमाए १६१ रन बनायो। उसका लागि ओपनर क्वामराम इकवालले सर्वाधिक ५० रन बनाए। यस्तै रिसभ चौहानले १९ रन जोडे।
नेपालको लागि कमल सिंह ऐरीले ३ र पवन सराफले २ विकेट लिए। समान १० ओभर बलिङ गर्दा दुवैले ३१-३१ रन खर्चिए। कमलले दुई मेडन समेत राखेका थिए। यस्तै किशोर महतो, मोहम्मद सासद शेख र सागर ढकालले १-१ विकेट लिए भारतका दुई खेलाडी रनआउट भए।
१६२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ सुरु गरेको नेपालले यो समाचार तयार पार्दासम्म ८ ओभरमा १८ रन बनाएको छ।