PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

साफ च्याम्पियनसिप : यस्तो छ माल्दिभ्स विरुद्ध खेल्ने नेपालको पहिलो रोजाईँ, विराज आज पनि बेन्चमा



पहिलोपोस्ट

साफ च्याम्पियनसिप : यस्तो छ माल्दिभ्स विरुद्ध खेल्ने नेपालको पहिलो रोजाईँ, विराज आज पनि बेन्चमा
फाइल फोटो : BFF

बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइलमा नेपालले केहीबेरपछि माल्दिभ्ससँग खेल्दैछ।

नेपालको कप्तानी आज पनि भरत खवासले गर्दैछन् भने नियमित कप्तान विराज महर्जन बेन्चमा रहनेछन्।

समूह चरणको अन्तिम खेलमा बंगलादेश विरुद्ध खेलेको नेपाली टिममा आज कुनै परिवर्तन गरिएको छैन।

नेपाल र माल्दिभ्स बीचको पहिलो सेमिफाइनल ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ।


नेपाली टिम :

किरण चेम्जोङ

अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, दिनेश राजवंशी

रोहित चन्द, सुजल श्रेष्ठ, निराजन खड्का, सुनिल बल

विमल घर्ती मगर, भरत खवास (कप्तान)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell