
स्वदेशी लघुवित्त वित्तीय संस्थाले सप्तरी, सिरहा र पर्साका विभिन्न ठाउँमा सामाजिक क्रियाशिलता देखाएको छ। सप्तरी जिल्लाको कल्याणपुर, सिराहाको भगवानपुर, विष्णुपुर, सुखीपुर र चौहर्वा तथा पर्साको डकेलामा गरी ६ वटा शाखा कार्यलयहरु विस्तार गरेसँगै उक्त क्षेत्रहरुमा विभिन्न किसिमका सामाजिक कार्यक्रमहरु सञ्चालन गर्न थालेको हो।
विस्तार भएका नयाँ शाखा कार्यलयहरुमा कार्यक्षेत्र व्यवस्थित गर्ने, स्थानीयहरुसँग समन्वय र सहकार्य गर्ने, सामाजिक जागरणका विषयहरुमा संलग्नता र नेतृत्व गर्ने, वित्तीय साक्षरता सम्बन्धी जनचेतना सञ्चार गर्ने उद्देश्यले सामाजिक कार्यक्रमहरु सुरु भएका हुन्।
भाद्र १५ गते देखि २२ गतेसम्म सन्चालनमा आएको सप्ताहव्यापी सामाजिक कार्यक्रमहरुमा सरसफाई कार्यक्रम, जनचेतनामुलक नाटक, विद्यालय स्तरमा महिनावारी सरसफाई, बाल विवाह, लक्ष्य निर्धारण, वित्तिय साक्षरता र फोहोर व्यवस्थापन लगायत विषयहरुमा चेतनामुलक कार्यक्रमहरु सम्पन्न भए। जसमा सशस्त्र प्रहरी, सप्तरी युथ, जागृती नेपाल लगायतका संस्थाहरुसँगको समन्वयमा सुरु भएको थियो भने उक्त कार्यक्रमहरुमा प्रदेश सांसद, उद्योग वाणिज्य संघका प्रतिनिधी, नेपाल प्रहरी, बजार ब्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्ष, महिला सञ्जालका अध्यक्ष लगायतका व्यक्तित्वहरुको सहभागिता रह्यो।
कार्यक्रमको नेतृत्व गर्दै स्वदेशी लघुवित्त वित्तीय संस्थाकातर्फबाट उपस्थित सामाजिक विकास अधिकृत विकल काफ्लेले भने,’स्वदेशी लघुवित्त सरसफाई, सामाजिक जागरण, वित्तिय साक्षरता, महिला सशक्तिकरणका कुराहरुमा निरन्तर लागिरहन तयार छौं।‘
प्रत्येक कार्यक्रममा स्वदेशी लघुवित्तका कर्मचारी, स्थानीय बासिन्दा, सशस्त्र प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु गरी करिब २०० जना भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रमहरुले स्थानीय क्षेत्रमा सरसफाई र जनचेतनाको नयाँ ढोका खुलेको स्थानीय बासिन्दाहरुको दाबी छ।