PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

प्रम निवासमा नेकपा सचिवालय बैठक सुरु, यसअघि तीन पटक भएथ्यो स्थगित



पहिलोपोस्ट

प्रम निवासमा नेकपा सचिवालय बैठक सुरु, यसअघि तीन पटक भएथ्यो स्थगित

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। यसअघि पार्टीका तल्ला कमिटी तथा जनवर्गीय संगठनको एकताका लागि गठन भएका कार्दलले बुझाएका प्रतिवेदनमाथि सहमति जुट्न नसक्दा बैठक तीन पटक स्थगित भएको थियोे।

कार्यदलले बुझाएको प्रतिवेदनमाथि प्रदेश र जिल्ला नेतृत्वको विषयमा विवाद छ। अाजको बैठकले प्रतिवेदनमाथि सहमति जुटाउने बताइएको छ। साथै बैठकले अब बस्ने पार्टीको स्थायी समितिको बैठकको ऐजेण्डा तय गर्नेछ। 

साथै बैठकमा सरकारको काम कारवाहीको समीक्षा हुनेछ।

जेठ ३ गते पार्टी एकतापछि तीन महिनाभित्र तल्ला तहको एकता सम्पन्न गर्ने बताइएको थियोे। त्यस्तै भदौ ५ भित्र एकता सम्पन्न गर्ने र १५ गतेभित्र पहिलो बैठक सम्पन्न गर्ने सर्कुलर जारी भएको थियोे। तर, अझै पनि केही कार्यदलले प्रतिवेदन पेश गरेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell