बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत केही बेर अघि रोकिएको खेल पुन: सुरु भएको छ।
नेपाल र माल्दिभ्सबीचको खेल थण्डर स्ट्रोम एण्ड लाइटनिङका कारण रोकिएको थियो। खेलको २७औँ मिनेट चलिरहँदा थण्डर स्ट्रोमका कारण म्याच कमिसनर र फ्री असेसरले रेफ्रीलाई खेल रोक्न लगाएका हुन्।
ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलको नवौँ मिनेटमा कप्तान अक्राम घानीले फ्रिकिकमा गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए।
27' - We're underway again in the first #SAFFSuzukiCup semi-final between Nepal and Maldives! #NEPvsMDV 🇳🇵🇲🇻
— SAFF Suzuki Cup (@SAFFSuzukiCup) September 12, 2018