PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

यू-१९ एकदिवसीय सिरिज : पहिलो खेलमा नेपाल भारतको 'बी' टिमसँग ४० रनले पराजित



पहिलोपोस्ट

यू-१९ एकदिवसीय सिरिज : पहिलो खेलमा नेपाल भारतको 'बी' टिमसँग ४० रनले पराजित
फोटो : BCCI

काठमाडौँ : बीसीसीआईको आयोजनामा आजबाट सुरु भएको यू-१९ क्वाड्राङगुलर एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल भारतको बी टिमसँग ४० रनले पराजित भएको छ।

बलरहरुले उत्कृष्ट प्रदशर्न गरेपनि ब्याटिङमा राम्रो गर्न नसक्दा नेपालले १६२ रनको लक्ष्य समेत भेट्न सकेन। १६२ रनको लक्ष्य पछ्याएको नेपाल ४१.३ ओभरमा १२१ रनमा अलआउट भयो।

नेपालको लागि भिम शार्कीले ३०, कमल सिंह ऐरीले २२, कप्तान आसिफ शेखले १७ तथा पवन सराफले १३ रन बनाए भने अन्यले दोहोरो अंक छुन सकेनन्।

भारतका लागि शुभम हेड्जे र पंकज यादवले ३-३ विकेट लिए।

लकनउस्थित एकाना इन्टरनेशनल क्रिकेट स्टेडियम (बी) मा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतको बी टिमले ४९ ओभरमा सबै विकेट गुमाए १६१ रन बनाएको थियो। भारतका लागि ओपनर क्वामराम इकवालले सर्वाधिक ५० रन बनाए। यस्तै रिसभ चौहानले १९ रन जोडे।

नेपालको लागि कमल सिंह ऐरीले ३ र पवन सराफले २ विकेट लिए। समान १० ओभर बलिङ गर्दा दुवैले ३१-३१ रन खर्चिए। कमलले दुई मेडन समेत राखेका थिए।

यस्तै किशोर महतो, मोहम्मद सांसद शेख र सागर ढकालले १-१ विकेट लिए भारतका दुई खेलाडी रनआउट भए।

भारत इनिङ्स:


नेपाल इनिङ्स:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell