
काठमाडौं: कृष्णसार एफएमको आयोजनामा सम्पन्न 'नाचौं तीज सीजन ६'को उपाधि सिद्धार्थ डान्स ग्रुपले जीतेको छ। १ सय २४ प्रतिष्पर्धीलाई पछि पार्दै सिद्धार्थ कल्चरल डान्स ग्रुप पहिलो भएको हो। ग्रुपले नगद पचास हजार सहितको पुरस्कार पाप्त गरेको छ।
यस्तै दोश्रो हुने नेपालगञ्जको भेरी इंग्लिस स्कुलले नगद २५ हजार पुरस्कार प्राप्त गरेको छ। तेस्रो भएकी बढैयातालकी स्वर्णिमा गुरुङले १५ हजार पुरस्कार प्राप्त गरिन्। यस्तै ग्रीनपीस स्कुल कोहलपुरले ५ हजार र बालज्योती अंग्रेजी माविले नगद ५ हजारको भेषभुषा पुरस्कार पाए।
नेपालगञ्जका मेयर धवलशमशेर राणा, बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी, बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार दिएका थिए। बाँके र बर्दियामा भएको अडिसनमा सहभागि १ सय २५ मध्ये छानिएका ३७ प्रतियोगीबीच अन्तिम प्रतिष्प्रर्धा नेपालगञ्जमा भएको थियो।
'नाचौं तीजको सिजन ६'का निर्णायकमा नृत्य निर्देशक कुलमान नेपाली, नरेन्द्र श्रेष्ठ र सुशिला श्रेष्ठ रहेका थिए। प्रतियोगितामा स्कुल, कल्चरल ग्रुप, महिला समूह, एकल, बालबालिका समेतको सहभागिता रहेको इभेन्ट संयोजक माधव अधिकारीले जनाए।