PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

लमजुङको उत्तरी भेगमा पहिरोको सास्ती, घर पुरिए, जोखिम भएको घर खाली गरियो



पहिलोपोस्ट

लमजुङको उत्तरी भेगमा पहिरोको सास्ती, घर पुरिए, जोखिम भएको घर खाली गरियो

काठमाडौँ : बाढी र पहिरोका कारण लम्जुङको उत्तरी भेग प्रभावित भएको छ। जिल्लाको उत्तरी भेगमा पर्ने गाँउहरुमा केही घरहरू पहिरोमा परेको छ भने केही घर जोखिममा परेकाले खाली गरिएको छ।  

लमजुङबाट मनाड जाने बाटो पहिरोको कारणले अवरुद्ध भएकाले ती गाउँहरूका उद्धारकर्मीहरू समेत पुग्न समस्या भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख झमकनाथ ढकालले बताए। पहिलोपोस्टसँगको कुराकानीमा सिडिओ ढकालले भने, 'केही गाउँमा बाढी र पहिरोको कारणले घरहरू पुरिएको भन्ने जानकारी पाएका छौँ। हामीले सुरक्षाकर्मी पठाइसकेका छौँ।'

राम बजार, चम्रे लगायतका गाउँमा घरहरू क्षति पुगेको जानकारी आएको उनले बताए।

पहिरोको कारण जोखिममा भएकाले बाहुनडाँडामा रहेको दुईवटा घर समेत स्थानान्तरण गरिएको छ। सिडिओ ढकालले भने, 'गाउँका जोखिमपूर्ण भएका घरबाट मानिसलाई सुरक्षित ठाउँमा सारिसकेका छौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell